मुख्य खबर

रोशी गाउपालीकाका प्रमुख डिबी मोक्तान द्दारा चलचित्रकर्मीलाई ५० हजारको राहत

  • आर्थिक प्लस संवाददाता

    २०७७ भाद्र २६ गते, शुक्रबार २०:२७ मा प्रकाशित

काठमाडौं ।कोभिड १९ कोरोना भाईरसका कारण लामो समय सम्म लकडाउन खेप्न परेका तामाङ चलचित्रकर्मीलाई ह्याङला सिने मिडिया हाउसको राहत संकलन तथा बितरण अभियानमा रोशी गाउपालिकाका प्रमुख, निर्माता, निर्देशक तथा समाजसेवी डिबी मोक्तानको तर्फबाट नगद रु ५०००० पचास हजार हसयोग गर्नु भएको छ भने त्यसै मार्फत अति समस्यमा परेका तामाङ चलचित्रका कलाकार, प्राविधिक गरेर २२ जनालाई सुपर स्टार नायक कुमार मोक्तानको बाहुल्यतामा राहत बितरण गरेको छ । चलचित्रमै जीवन बिताई रहेका थुप्रै कलाकार, नायक नायिका, प्राबिधिक तर्फ लाईटमेन, मेक अप मेन, क्यामेरामेन जस्ता ब्यक्तिहरु समस्यामा परेका कारण राहत बितरण तथा संकलन अभियानलाई हामी निरन्तर दिने छौ भन्नु हुन्छ ह्याङला सिने मिडिया हाउसका प्रबन्धक निर्देशक तथा सिने पत्रकार जयन कुमार मोक्तान ।

http://noc.org.np/