मुख्य खबर

नेपाल खेलकुद पत्रकार मञ्चको २५ औं स्थापना दिवस

  • आर्थिक प्लस संवाददाता

    २०७७ भाद्र २७ गते, शनिबार १२:२५ मा प्रकाशित

काठमाडौँ । खेलकुद पत्रकारको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चको २५ औं स्थापना दिवसको उपलक्ष्यमा सर्वप्रथम सम्पूर्ण सदस्य साथीहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु। मंचलाई सदैब साथ र समर्थन गर्दै आउनु भएका जिल्ला समन्वय साखाका साथीहरु, सम्पूर्ण अग्रज तथा हितैषीजनमा यसै अवसरमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।

सम्पूर्ण विश्व अहिले कोभिड (१९ को महामारी विरुद्ध संघर्ष गरिरहेको विषम परिस्थितिमा म सम्पूर्ण सदस्य साथीहरुमा ुस्वस्थ र सुरक्षित रहनु आग्रह गर्न चाहन्छु। पेशाको प्रकृती अनुसार हामी फिल्डमा खटिनुपर्ने हुनाले स्वास्थ्य प्रति सजग रहनु अझ महत्वपूर्ण छ।

गतवर्ष हामीले उत्साहपूर्वक कार्यकालको शुरुआत गर्यौं। १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको पूर्वसन्ध्यामा मञ्चले साग गेम्सलाई केन्द्रित गर्दै गोदावरीमा विशेष पत्रकारिता प्रशिक्षण कार्य गर्यौं। मञ्चको इतिहासमा त्यो बृहत पत्रकारिता प्रशिक्षण अभियानको थालनी थियो।

त्यसै विचमा मञ्चका महासचिव प्रज्ज्वल ओलीले विश्व खेलकुद पत्रकार महासंघ ब्क्ष्एक् द्धारा हरेक वर्ष प्रदान गर्ने एआइपीएस अवार्ड अन्तर्गत ुवेष्ट कोलमिष्ट अवार्डू को विजेता बन्दा समग्र नेपाली खेलकुद पत्रकारिताले गौरवको अनुभूति गरेको थियो।

तर त्यस यता एकाएक सोच्नै नसकिएको विषम परिस्थिति विश्व सामू आइलाग्यो। कोभिड (१९ को महामारीमा सारा विश्व संगै सिंगो खेलकुद र नेपाल खेलकुद पत्रकार मञ्च पनि त्यसको चपेटामा पर्यौ। त्यसले हाम्रो हरेक योजनामा नमज्जाले धक्का लाग्न पुग्यो।

परिस्थिति सामान्य भएको भए आज मञ्चले आफ्नो कष्खिभच व्गदष्भिभ वर्ष अत्यन्तै भब्यताका साथ मनाइरहेका हुन्थ्यौं। एकजना अनुभवी पत्रकारलाई सम्मानको कार्यक्रम र युवा खेल पत्रकारलाई प्रोत्साहन स्वरुप ूसुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारू वितरण कार्यक्रम सहितको जमघटको कार्यक्रम हामी हुने थियौ ।

तर कोरोना भाइरस संक्रमणको जोखिमका कारण यो वर्ष मञ्चका हरेक कार्यक्रमहरु प्रभावित हुंदै गएको हामी सबै माझ अवगत छँदै छ । मञ्चले हरेक वर्ष आयोजना गर्ने गरेको पिकनिक, वार्षिक साधारण सभा, पल्सर स्पोर्टस् अवार्ड हुंदै अब स्थापना दिवस कार्यक्रम यो वर्ष नियमित समयमा आयोजना गर्न सकेनौं।

यी कार्यक्रमहरु परिस्थिति अनुकुल भएपछि गर्दै जाने छौ । हामीले पल्सर स्पोर्टस् अवार्ड कार्यक्रम भने आयोजना गर्न तयारीमा जुटिसकेको सम्पूर्ण सदस्य साथीहरुमा जानकारी गराउन चाहन्छौं। फेरिएको परिस्थितिका कारण यो वर्षको अवार्ड भने ूभर्चुअलू हुनेछ। यसले आयोजनामा चुनौती थपिनुका साथै खर्च समेत वढ्न जानेछ। यद्यपी अवार्डको निरन्तरताका लागि हामीले यो चुनौती स्विकार्नै पर्छ।

यस विचमा मञ्चको केन्द्रिय कार्यसमितिको ुजुमु वैठक बस्यौं। अवार्डको मिति तोकेनौं, तर सबै प्रायोजकहरुलाई एकसरो भेट्यौं। मुख्य प्रायोजक हंसराज एण्ड हुलासचन्दका शेखर गोल्छा लगायतका प्रायोजकहरुले अवार्डमा सहयोग गर्न सहमति दिइसकेका छन्। परिस्थितिलाई मुल्याङकन गरेर हामी चाँडै नै अवार्ड कार्यक्रम गर्छौं।

मञ्चको नियमित कार्यक्रम गर्न नसकेपनि हामीले कोरोना भाइरस संक्रमणका बेला अत्यावश्यक केही कार्यक्रम गरेका छौं। मञ्चका सम्पूर्ण सदस्यहरुको हामीले रु १ लाख रुपैंया बराबरको कोरोना विमा गरेका छौं। साथीहरुलाई मास्क, सेनिटाइजर र बिब्स वितरण गरेका छौं। त्यस्तै अत्यन्त समस्यामा परेको खण्डमा मञ्चका सदस्यहरुलाई राहत सामग्री प्रदान गर्ने निर्णय पनि गरेका छौं।

यसैबिच मञ्चको तालिम तथा अन्वेषण बिभाग अन्तर्गत ल्क्व्ँ ब्अबमझथ मार्फत कार्यक्रम अगाडी बढाउने सम्पूर्ण तयारी पुरा भएको अवस्थामा कोरोना संक्रमणले प्रभावित बनेको छ।

साथीहरु,

कोरोना भाइरस संक्रमणको चपेटामा खेल पत्रकार साथीहरु पनि नराम्रो संग प्रभावित भएको सर्वविदितै छ। कतिपय साथीहरुले यो बेला जागिर गुमाइसकेका छन् भने कतिपयले पहिले पाइरहेको भन्दा निकै थोरै तलबमा काम गर्नु परिरहेको अवस्था छ। यो परिस्थितिमा म सदस्य साथीहरुलाई एक आपसमा सक्दो सहयोगको आदान प्रदान गर्न अनि हातेमालो गरेर अगाडि वढ्न पनि आह्वान गर्न चाहन्छु।

हामीले गर्दै आएका कार्यक्रम मात्रै होइन, सिंगो नेपाल खेलकुद पत्रकार मञ्च पनि कोरोना भाइरसको कारणले प्रभावित भएको छ। नियमित आयस्रोतको रुपमा रहेको मञ्चको कार्यालयमा हुने पत्रकार सम्मेलन र स्पोर्टस् अवार्डबाट हुने बचत दुबै यो वर्ष नराम्ररी प्रभावित भएका छन् ।

तर यस अप्ठेरो परिस्थितिबाट हामी अलिकति पनि विचलित भएका छैनौं। समय संधै एकनासको हुंदैन। मञ्चका सदस्य साथीहरुको एकता, मञ्च प्रतिको आस्था र सहकार्यले हामी यो विषम परिस्थितिबाट पक्कै माथी उठ्नेछौं र मञ्चको गरिमालाई अझ उँचो बनाइराख्नेछौं भन्ने मलाई विश्वास छ।

सम्पूर्ण साथीहरु एकवद्ध भइ हामी यो महामारीको समस्याबाट माथी उठ्ने प्रण गरौं। २५ औं वर्षगाँठमा मेरो यहि शुभकामना छ।

http://noc.org.np/