मुख्य खबर

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका २६ जनालाई कोरोना संक्रमण

  • आर्थिक प्लस संवाददाता

    २०७७ भाद्र ३० गते, मंगलवार १७:४१ मा प्रकाशित

काठमाडौं । कोरोना संक्रमणको चपेटामा आम सर्वसाधारण मात्र होइन सुरक्षा निकायका सुरक्षाकर्मीलाई पनि त्यत्तिकै जोखिममा पारेको छ । पछिल्लोपटक विशेष प्रकृतिको अपराध अनुसन्धान गर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का २६ जना अधिकारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि झन् जोखिम बढेको हो ।

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा ब्यूरोका एकजना प्रहरी नायब उपरीक्षक ९डीएसपी० सहित २६ जनालाई संक्रमण देखिएको हो । ब्युरोका एक अधिकृतका अनुसार ठूलो संख्यामा अनुसन्धान अधिकारीहरुलाई संक्रमण देखिएपछि कन्ट्याक ट्रेसिङ गरेर थप परीक्षण थालिएको छ ।

अन्य प्रहरी युनिट झैँ सर्वसाधारणको सम्पर्क नहुने ब्युरोमा कसरी संक्रमण फैलियो भन्ने खुलिनसकेको ति अधिकृतले बताए ।

http://noc.org.np/