मुख्य खबर

मन्त्रीसरह सुविधासहित पूर्व अर्थमन्त्री खतिवडालाई प्रधानमन्त्री कार्यालयमा नियुक्त

  • आर्थिक प्लस संवाददाता

    २०७७ भाद्र ३० गते, मंगलवार १९:५६ मा प्रकाशित

काठमाडौं । निवर्तमान अर्थमन्त्री डा। युवराज खतिवडा मन्त्री सरहको सुविधा पाउने गरी प्रधानमन्त्री कार्यालयमा नियुक्त भएका छन् । हिजो बसेको मन्त्रिपरिषदको बैठकले डा। खतिवडालाई मन्त्री सरहको सुविधासहित नेपालको सरकारको विशेष आर्थिक सल्लाहकारको रुपमा प्रधानमन्त्री कार्यालयमा रहेर काम गर्नेगरी नियुक्त गरेको हो ।

नेपाल सरकारका प्रबक्ता प्रदिप ज्ञवालीले आज पत्रकार सम्मेलनमार्फत डा। खतिवडालाई विशेष आर्थिक सल्लाहकारको रुपमा नियुक्त गरिएको जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले डा। खतिवडालाई अर्थमन्त्रीमा कायम राख्न चाहेको भएपनि पार्टीभित्रको आन्तरिक विवाद नमिलेका कारण यही भदौं २० गते पदबाट राजिनामा दिएका थिए ।

http://noc.org.np/