मुख्य खबर

सानिमा लाईफको सिईओ बन्दै अगम मुखिया

  • आर्थिक प्लस संवाददाता

    २०७७ भाद्र ३० गते, मंगलवार २०:२९ मा प्रकाशित

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स कम्पनीको सिईओमा अगम मुखियालाई नियुक्त गर्ने प्रस्ताव बीमा समितिमा पुगेको छ ।
सो कम्पनीको तीन दिनअघि बसेको सञ्चालक समितिले अगम मुखियालाई सिईओमा नियुक्त गर्ने निर्णय गरी आज बीमा समिति समक्ष अनुमोदनको लागि पेश गरेको हो ।

मुखिया रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका डेपुटी सिईओ पदमा कार्यरत छन् । यद्यपि रिलायबल नेपाल लाईफ इन्स्योरेन्सबाट मुखियाको राजिनामा स्वीकृत हुन बाँकी छ । मुखिया लामो समय बीमा क्षेत्रमा काम गरेको अनुभवी बीमा प्रशासक हुन् ।

http://noc.org.np/