मुख्य खबर

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त

  • आर्थिक प्लस संवाददाता

    २०७७ भाद्र ३० गते, मंगलवार २१:०४ मा प्रकाशित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन् ।

कार्यकारी निर्देशक कुलमान घिसिङ ४ वर्षे कार्यकाल पूरा गरी बाहिरिएसँगै कोइरालालाई निमित्त कार्यकारी निर्देशक बनाइएको हो ।कोइरालालाई उर्जामन्त्री वर्षमान पुनले मंगलबार निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको मन्त्रालय स्रोतले बतायो ।

कोइराला यसअघि नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशक ९१२ औं तह० मा कार्यरत थिए । उनी वरिष्ठताका आकारमा निमित्त कार्यकारी निर्देशक तोकिएका हुन् ।

http://noc.org.np/