मुख्य खबर

अब ७ दशमलव ३ प्रतिशतमै राष्ट्रिय वाणिज्य बैंकबाट ऋृण पाइने

  • Avatar
    Aarthik

    २०७७ भाद्र ३१ गते, बुधबार १३:५१ मा प्रकाशित

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले घर तथा गाडीमा नयाँ ब्याजदर निर्धारण गरेको छ ।
बैंकले बचत तथा ऋृणमा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकल घर कर्जामा न्यूनतम ७ दशमलव ३ प्रतिशतदेखि अधिकतम ८ दशमलव ८ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
यस्तै बैंकले गाडी कर्जामा आधार दरमा थप बढीमा ३ दशमलव २५ प्रतिशतसम्म, विद्युतीय सवारी साधन कर्जामा १ दशमलव ५० प्रतिशतसम्म थप ब्याजदर लिन पाउने गरी निर्धारण गरेको छ ।

त्यसैगरी वचततर्फ पनि मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशतदेखि ७ दशमलव २५ प्रतिशत र संस्थागत ५ प्रतिशतदेखि ६ दशमलव ५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
त्यसैगरी बैंकले बचत खातातर्फ न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

*RBB

http://noc.org.np/