मुख्य खबर

बैंक अफ काठमाडौंमा मर्ज पछि एक बैंकको कर्मचारीले अर्काे बैंकका कर्मचारीहरु नटेर्ने रोग

  • आर्थिक प्लस संवाददाता

    २०७७ भाद्र ३१ गते, बुधबार १३:५९ मा प्रकाशित

काठमाडौं । ग्लोबल आइएमई बैंक र जनता बैंक मर्ज (एक) हुँदा जुन लफडा देखिएको छ उस्तै खालको लफडा परिरहेको छ बैंक अफ काठमाडौंमा । लुम्बिनी बैंक र बैंक अफ काठमाडौं एक भएर बनेको बैंक अफ काठमाडौंमा एक बैंकको कर्मचारीले अर्काे बैंकका कर्मचारीहरुलाई नटेर्ने रोग सरेको हो । जसरी ग्लोबल बैंकले मिसिन आएका जनता बैंकका कर्मचारीहरुमाथि सौतेनी व्यवहार भोग्दै आएका छन् उसैगरी बैंक अफ काठमाडौंमा मिसिएका लुम्बिनी बैंकका कर्मचारीहरु पनि विभेद् भोग्दै छन् ।

केही अघि जग्गा प्रकरणमा मुछिएर बैंक अफ काठमाडौंका सिइओ अजय श्रेष्ठ पक्राउ परे । पछि अदालतबाट क्लिन चिट पाएर छुटे । यसरी बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ अजय श्रेष्ठलाई फर्जी धितोमा ऋण दिएको मुद्दा लगाएर फसाउनमा समेत अहिलेकै सिइओ पन्तको मुख्य हात रहेको कर्मचारीहरु सुनाउँछन् ।
यस्तै लफडामा बसेको सोही बैंकमा सिइओ शोभनदेव पन्तका ज्यादती र अत्याचार सहन नसकी दर्जनौँ कर्मचारीहरु राजीनामा ठोकेर हिँड्न थालेका छन् । अहिले सिइओ पन्तका ज्यादतीका कारण बैंकका कर्मचारीहरु हत्तु छन् । उनको ज्यादती र अत्याचारको विरुद्धमा केन्द्रीय बैंकमा समेत उजुरी पुगिसकेको छ ।

सिइओ शोभनदेव पन्तको ज्यादती र अत्याचारकै कारण बैंक अफ काठमाडौंका एक दर्जनभन्दा बढी कर्मचारीहरुले कोरोना कहरकै बीच जागिरबाट हात धुनु परेको छ । साना तहका त कुरै छाडौँ उच्च पदस्थ कर्मचारीहरु समेत कोरोना कहरकै समयमा बर्खास्तगीमा परेका हुन् । सिइओ पन्तको कार्यशैलीप्रति प्रश्न उठाउँदा ती कर्मचारीहरु बर्खास्तीमा परेका हुन् । यसरी बर्खास्तीमा परेका कर्मचारीहरुले बैंक अफ काठमाडौं र सिइओ पन्तका विरुद्ध नेपाल राष्ट्र बैंकदेखि श्रम अदालतमा उजुरी हालेका छन् । आफूलाई अनाहकमा निकालिएको भन्दै उजुरी दिन पुगेका कर्मचारीले त्यहाँ यो मुद्दा जितिसकेका छन् । तर, बैंकमा कार्यरत कर्मचारीलाई निकाल्न खोजेका पन्तले यो मुद्दालाई सर्वोच्चमा लैजान व्यवस्थापनलाई समेत बाध्य पारेका छन् ।

http://noc.org.np/