मुख्य खबर

सिभिल बैंक र हिमालयन बैंकबीच मर्जर प्रक्रिया अगाडी बढे

  • आर्थिक प्लस संवाददाता

    २०७७ आश्विन ३ गते, शनिबार १६:५९ मा प्रकाशित

काठमाडौं । सिभिल बैंक र हिमालयन बैंकबीच मजर्र प्रक्रिया अगाडी बढेको छ । मर्जरका लागी पटक–पटक कुरागरिसकेको हिमालयन बैंंक स्रोतले बताएको छ । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा समक्ष मर्जरको प्रस्ताव लगे पछि मर्जरको प्रक्रिया अगाडी बढेको हो ।

सिभिल बैंकको संचालक समितिले गरेको प्रस्ताव र हिमालयन बैकको संचालक समितिले मर्जर समितिलाई बुझाउने बैंक स्रोतले बताएको छ । हिमालयन बैंकले यसअघि नै पूर्व मन्त्री एवम् बैंक सञ्चालक सुनिलबहादुर थापाको संयोजकत्वमा मर्जर समिति बनाएको थियो। सिभिल बैंक स्रोतका अनुसार मर्जरका लागि प्रक्रिया अगाडी बढेको छ । बिषयमा दुबैं बैंकका मर्जर समितिले टुङ्गो लगाएर संचालक समितिलाई पेश गरेपछि रोडम्याप आउने बताएको छ । नेपाल राष्ट्र बैंक स्रोतका अनुसार हिमालयन बैंकसंग सिभिल बैंक मर्जरमा आएकोले मर्जरको प्रक्रिया टुङ्गीन सक्ने बैंक स्रोतले बताएको छ ।