मुख्य खबर

एपीएफ टोलीद्वारा खोलामा हामफाली बेपत्ता भएकाको शव फेला 

  • आर्थिक प्लस संवाददाता

    २०७७ आश्विन ४ गते, आईतवार १९:२१ मा प्रकाशित


सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोक जिल्लाको बाहबिसे नगरपालिका ३ स्थित दोभान खोलामा
हामफाली बेपत्ता भएका एक जनाको शव एपीएफ टोलीले असोज ३ गते फेला पारेको छ

सोही ठाउँ बस्ने ५४ वर्षिया धनकुमारी मगर उक्त खोलामा असोज २ गते
हामफाली बेपत्ता भएको भन्ने जानकारी पाउनासाथै उनको खोजी कार्यको लागि
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश लामोसाँघुबाट एपीएफ टोली त्यस
ठाउँमा खटिएको थियो । एपीएफ टोलीले उनको शव घटनास्थल भन्दा करीव तीन सय मिटर तल फेला पारेको हो ।

http://noc.org.np/