मुख्य खबर

एपीएफ टोलीद्वारा चोरीपैठारीका सामान बरामद

  • आर्थिक प्लस संवाददाता

    २०७७ आश्विन ४ गते, आईतवार १९:२९ मा प्रकाशित


काठमाडौं । कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका ६ चानदेव जंगलबाट असोज ४ गते
एपीएफ टोलीले करीव सात लाख ५३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान
बरामद गरेको छ ।

भारतबाट अवैध रुपले चार वटा मोटरसाईलकमा राखी नेपालतर्फ ल्याउँदै गरेको
उल्लेखित मुल्य बराबरको लत्ताकपडा, किराना सामान र सुर्तीजन्य पदार्थ
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण कञ्चनपुरबाट खटिएको एपीएफ टोलीले
बरामद गरेको हो ।

बरामद सामान तथा उक्त मोटरसाईकल भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ ।
यसैगरी रुपन्देही जिल्लाको सिदार्थनगर नगरपालिका १ बाईपास ईलाकाबाट असोज
३ गते एपीएफ टोलीले करीव तीन लाख ५५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
२९ वटा मोवाईल सेट बरामद गरेको छ ।

भारतबाट अवैध रुपले लु ५९ प १३१६ नम्बरको मोटरसाईकलमा राखी नेपालतर्फ
ल्याउँदै गरेको उक्त मोवाईल सेट सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट
पोष्ट डण्डाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
त्यसेवला मोवाईल सेट ल्याउने व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै उक्त
मोवाईल सेट छाडी फरार भएको थिए ।

बरामद मोवाईल सेट तथा मोटरसाईलक भन्सार कार्यालय भैरहवामा बुझाईएको छ ।
उक्त मोटरसाईकलको भन्सार दाखिला मुल्य एक लाख ५० हजार रुपैयाँ रहेको छ ।

http://noc.org.np/