मुख्य खबर

माननीय सांसद ज्यू र सुरक्षा निकाय टोली द्वारा सीमानाकामा निरिक्षण हुदा हुदै पनि अहिले सम्म कडाइ देखिएन

  • रंजन कुमार साह (संवाददाता, वीरगंज)

    २०७७ आश्विन ४ गते, आईतवार २०:२१ मा प्रकाशित

वीरगंज ।  माननीय सांसद ज्यू र सुरक्षा निकाय टोली द्वारा सीमानाकामा निरिक्षण हुदा हुदै पनि अहिले सम्म कडाइ देखिएन।
संघिय सांसदद्वय प्रदीप यादव ज्यू, लक्षमण लाल कर्ण, सहित सुरक्षा निकायको टोली द्वारा मिति २०७७/५/३० गते पर्साको सिमा क्षेत्रको निरीक्षण गर्दा पनि अहिले सम्म आवत जावत र तस्करी रोकिएका छैन्। सीमा नाका बाट आवत जावत र विभिन्न किसिमका तस्कारी भइरहेको छ। निषेधाज्ञा मा पनि सीमा नाकामा कतै पनि कडाइ देखिएको छैन।
अहिले अवस्था मा एकदमै सजिलो संग आवत जावत र विभिन्न किसिमका तस्कारीहरु भइरहेको छ। भारत र नेपाल बाट आवत जावत गरेमा प्रहरीले अहिले सम्म रोकथाम लगाउनमा असफल हुँदै आएका छन्। वीरगञ्ज पर्साका विभिन्न नाकामा आवत जावत ओसार पसार काम भइरहेको छ । माननीय सांसद ज्यू, र सुरक्षा निकाय टोली द्वारा पनि सीमा नाकाका को निरिक्षण गर्दा पनि कुनै किसिमको कडाइ भएको छैन। जिल्ला प्रशासन कार्यालय पर्सा,र जिल्ला प्रहरी कार्यालय पर्सा ले पनि सीमा नाकामा आवत जावत र विभिन्न किसिमका तस्कारी मा रोकथाम लगाउन भएको छैन्। यस तर्फ सम्बन्धित निकायको ध्यान जाओस्

http://noc.org.np/