मुख्य खबर

पोखरीमा बच्चा खसेको कारणले जनमत पार्टी द्वारा महिला संगठन कार्यक्रम बीचमै रोकियो

  • रंजन कुमार साह (संवाददाता, वीरगंज)

    २०७७ आश्विन ४ गते, आईतवार २०:४३ मा प्रकाशित

वीरगञ्ज  ।  वीरगञ्ज वाड १६ मा पोखरीमा स्यानो बच्चा खसेको कारणले जनमत पार्टी द्वारा महिला संगठन कार्यक्रम बीचमै रोकियो।
आज वीरगञ्ज महानगरपालिका वडा १६ मा जनमत पार्टी द्वारा विशेष छलफल महिला हरु संग संगठन कार्यक्रम पूर्ण रूपमा सफल भएको छैन। महिला संगठन कार्यक्रम कै बीचमै एउटा पोखरीमा स्यानो बच्चा खसेको अति नै दुःखद घटना हुन गइरहेको अवस्थामा सोही वाड का एउटा शक्तिशाली नवजवान युवाले आफ्नो ज्यानको पार्वा न गरी पोखरीमा खसेको बच्चाको ज्यान बचाएको छ।

महान शक्तिसाली नवजावान युवा लाई जनमत पार्टी र स्थानिय जनता हरुले हिर्दय देखि विशेष धन्यवाद दिएका छन। जनमत पार्टी पर्सा जिल्ला का इन्चार्ज सन्तोष साह, साह इन्चार्ज ई राहुल रौनियार, महिला संग का अध्यक्ष अनिता रौनियार, उपध्यछ सबो खातुन, लगायत अन्य सदसयहरूले घटना हुने पोखरीको बारेमा विशेष छलफल गरेर तत्कालिन मा पोखरीलाई बाउनड्री घेराउ गरी स्थानिय जनता लाई पोखरी बाट कुनै किसिमको घटना न हुनदिने जनमत पार्टी ले महिला संगठन कार्यक्रम मा स्थानिय हरुलाई ध्यान अकार्षण गराएको छ। तर स्थानिय जनता हरुले जनमत पार्टी लाई कुनै किसिमको गुनासो न गरेको स्थानिय को मिलोमत हुन नसकेको कारणले जनमत पार्टी ले केही गर्न नसकेको गुनासो बताएका छन्।

http://noc.org.np/