मुख्य खबर

प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

  • आर्थिक प्लस संवाददाता

    २०७७ आश्विन ९ गते, शुक्रबार २१:३८ मा प्रकाशित

काठमाडौं । भक्तपुर, डिउटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा काठमाडौं गोकर्ण बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका(३ घर भएका ३२ वर्षीय रेल बहादुर तामाङ लगायत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
मध्यपुर ठिमी नगरपालिका(९ निलबाराही मुलपानी पुलमा महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले बा।४० प ९६०१ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई जाँच गर्ने क्रममा प्रहरीमाथि हातपात गरी अभद्र व्यवहार गरेपश्चात उनीहरुलाई पक्राउ गरेको हो । साथै घटनामा संलग्न रही फरार सोही मोटरसाइकलमा सवार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।