मुख्य खबर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • आर्थिक प्लस संवाददाता

    २०७७ आश्विन ९ गते, शुक्रबार २१:४४ मा प्रकाशित

उदयपुर , १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका(५ श्रीपुर बस्ने ५९ वर्षीय टेक बहादुर बुढाथोकीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
बुढाथोकीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।