मुख्य खबर

एपीएफ टोलीद्वारा शव फेला

  • आर्थिक प्लस संवाददाता

    २०७७ आश्विन ९ गते, शुक्रबार २२:२५ मा प्रकाशित

काठमाडौं। मकवानपुर जिल्लाको मनहरी गाउँपालिका ७ स्थित मनहरी बजारमा रहेको पार्टि प्यालेशको ईनारमा डुवेर मृत्यु भएका दुई जनाको शव एपीएफ टोलीले असोज ९ गते सो ईनारबाट बाहिर निकालेको छ ।
सोही पार्टि प्यालेशका संचालक ३० वर्षिय सुरेश साह र १६ वर्षिय उत्सव नेपाली ईनार सफा गर्ने क्रममा उक्त ईनारमा डुवेका थिए ।
सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल आईआरटी पोष्ट मनहरीबाट एपीएफ टोली उनीहरुको उद्वारको लागि तत्कालै त्यस ठाउँमा खटिएको थियो ।

उनीहरु सँगै ईनार सफा गर्न गएका ३० वर्षिय आनन्द लो भने घाईते अवस्थामा बाहिर निस्कन सफल भएका थिए । उनलाई उपचारको लागि जिल्ला अस्पताल हेटौडातर्फ पठाईएको छ ।
यसैगरी पाल्पा जिल्लाको रम्भा गाउँपालिका २ बेलौजामा पहिरोले पुरिएर बेपत्ता भएका तीन जनाको शव शुक्रबार दिउँसो फेला पारिएको छ ।
यही असोज ८ गते गएको पहिरोले दुई वटा घर पुरिदा पाँच जना बेपत्ता भएका थिए ।

सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गुल्म पाल्पाबाट खटिएको एपीएफ टोलीले उनीहरुको शव फेला पारेको हो । बेपत्ता अन्य दुई जनाको खोजीकार्य भईरहेको छ ।