मुख्य खबर

एपीएफ टोलीद्वारा भारतीय रुपैयाँ बरामद 

  • आर्थिक प्लस संवाददाता

    २०७७ आश्विन ९ गते, शुक्रबार २२:३६ मा प्रकाशित


झापा।  झापा, जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित सीमा ईलाकाबाट असोज ८ गते एपीएफ टोलीले एक लाख भारतीय रुपैयाँ बरामद गरेको छ ।
उक्त भारतीय रुपैयाँ सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले एपीएफ टोलीलाई देख्नासाथै उनीहरुले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि उक्त झोलामा जाँच गर्दा उल्लेखित भारतीय रुपैयाँ फेला परेकोे हो ।
बरामद भारतीय रुपैयाँ स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।