nic bank
himalayan everesat
Nmb bank

ग्लोबल आइएमई बैंक र होटल व्यवसायी महासंघ नेपाल बीच सम्झौता

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र होटल व्यवसायी महासंघ नेपाल बीच सो महासंघसंग आबद्ध नेपाल भरमा रहेका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई जनचेतना बढाएर सहुलियतपूर्ण व्याजदरमा कर्जा प्रवाह गर्ने एवं सरलताका साथ बैकिङ्ग कारोबारको पहुंच भित्र ल्याउने विषय सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले हस्ताक्षर गर्नुभएको छ ।

होटल व्यवसायी महासंघ नेपालसंग आवद्ध व्यवसायीहरुलाई आर्थिक कारोबारमा सघाउ पु¥याउन तथा हाल कोभिड–१९ बाट प्रभावित भएको अवस्था समेतलाई दृष्टिगत गरी परियोजना सञ्चालनमा ल्याउन सहयोग पु¥याउने हेतुले बैंक नियमानुसार कर्जा सुविधा प्रदान गर्ने सहमति भएको छ ।

यसका साथै महासंघसंग आबद्ध व्यवसायीहरुको लागि बैंकले आवश्यकता अनुसार बैंकिङ्ग एवं वित्तीय साक्षारता सम्बन्धी तालिम समेत प्रदान गर्ने व्यवस्था मिलाइने भएको छ । यस्तो सुविधा लिनको लागि महासंघसंग आबद्ध सम्पूर्ण व्यवसायीहरुले आफूलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ÷संस्थाहरुसँग समन्वय गरी यस्ता योजनाहरु ल्याउने गरेको छ ।

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनका सिइओबीच भेट

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:४०

अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस इन्टरनेशनल...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश सहभागी हुने पक्का

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:१७

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १२:४८

  ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६,...

वैदेशिक रोजगारीमा जाने श्रमिकले अंग्रेजी भाषाको परीक्षा दिनु नपर्ने

वैदेशिक रोजगारीमा जाने श्रमिकले अंग्रेजी भाषाको परीक्षा...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:२६

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन...

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:५४

  तपाईं देशको राजधानी काठमाडौं महानगरको सुरक्षा प्रमुख हुनुहुन्छ, यतिञ्जेलको...

हाम्रा कुनै पनि क्रान्ति निष्कर्षमा पुगेनन्  :  राजेन्द्र महतो

हाम्रा कुनै पनि क्रान्ति निष्कर्षमा पुगेनन्  : ...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:४७

  पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले राजनीतिक परिवर्तनका आन्दोलनहरु जनअपेक्षाअनुसारको परिवर्तनसम्म...