मुख्य खबर

अमेरिकाको कनेक्टिकट राज्यमा नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा नियुक्त

  • विजय थापा

    २०७७ आश्विन १० गते, शनिबार १०:२२ मा प्रकाशित

डिसी । अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा नियुक्त भएका छन । कनेक्टिकट राज्यको ब्रानफोर्ड टाउन ९नगर०को नगर सदस्यमा नियुक्त भएका हुन् । गत सेप्टेम्बर २४ का दिन उनलाई उक्त नगर पालिकाको नगर सदस्यमा नियुक्त गरिएको हो । उक्त नगर पालिकामा एक पद रिक्त भए पछि श्रेष्ठलाई उक्त नगरमा उनले गरेका क्रियाकलाप,गतिबिधि र योगदानको कदर तथा मुल्यांकन गर्दै उनलाई उक्त पदमा ल्याइएको हो ।

उक्त पद २ बर्षको रहेता पनि १० महिनामा मै एक पद रिक्त हुन आएकोले श्रेष्ठले अब बाकि १ बर्ष २ महिना ९अर्थात् १४ महिना ०समय अवधि सम्म काम गर्नु पर्ने छ । उनलाई डेमोक्र्याटिक ककसले सिफारिस गरेका हुन् । अमेरिकाका अन्य शहरमा नगरपालिका तथा महा नगर पालिकामा काउन्सिल मेम्बर ९नगर परिषद सदस्य ० भन्ने चलन छ भने कनेक्टिकटमा आरटिएम ९रिप्रिजेनटेटिभ अफ टाउन मिटिंग०भनिन्छ ।

नेपाल सिन्धुपाल्चोक चौतरा घर भै हाल कनेक्टिकट राज्यको ब्रानफोर्ड नगरमा बस्दै आएका श्रेष्ठ सफल व्यवसायी पनि हुन् । १९९६ मा अमेरिका आएका श्रेष्ठ २० बर्ष देखि उक्त शहरमा चमेनागृहको व्यवसायमा संलग्न छन् ।२४ बर्ष अगाडी अमेरिका आएका श्रेष्ठ सन् २०१२ मा कनेक्टिकट मै स्थापित नेपाली समुदायको नेपाली समाज अमेरिका९सोसाइटी अफ नेपालिज इन अमेरिका ०का दोश्रो कार्यकालका लागि समेत निर्बिरोध निर्वाचित अध्यक्ष हुन् ।

उनको उक्त संस्थामा २०१९ (२०२१ सम्म कार्यकाल अझ रहने छ । उनले उक्त संस्थामा सन् २०१७(२०१९ सम्म सफलता पूर्वक नेतृत्व प्रदान गरि सकेका छन । श्रेष्ठले खुशी हुदै आफूलाई नियुक्ति गर्ने सबैलाई धन्यवाद दिदै नेपाल र नेपालीको नाम सदैव उच्च राख्ने बताए ।

अमेरिकामा मूलधारको राजनीतिमा नेपाली समुदायको ईतिहासमा सबै भन्दा पहिले नगर पालिकाको निर्वाचनमा उप प्रमुखमा निर्वाचित हुने किरण सिटौला हुन । उनले मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड नामक नगरपालिकाको उप प्रमुखमा खाता खोलेका हुन् भने उनि दोश्रो कार्यकालको लागि समेत निर्वाचित भएका छन्

सिटौला पछि क्रमस मेरिल्याण्ड राज्यको बिधानसभा सदस्यमा एचबि ह्यारी भण्डारी,भर्जिनिया हे मार्केटका लागि नगर परिषद सदस्यमा मधु पन्थी र भर्जिनिया हर्नडन शहरका लागि नगर परिषद सदस्य प्रदिप ढकाल निर्वाचित भै ईतिहास कोर्ने मध्येका हुन् ।अमेरिकाको इतिहासमा श्रेष्ठ यसरी मूलधारमा पुग्ने नेपाली मूलका मध्ये मै पाँचौ हुन् । यो क्रम निरन्तर वृद्धि हुदै जाने छ । ईतिहास बन्दै जाने छ । ईनेप्लिज परिवारको तर्फबाट राम चन्द्र श्रेष्ठलाई हार्दिक बधाई र सफल कार्यकालको लागि शुभकामना १