मुख्य खबर

बाढीको कारण २८ लाख ५० हजार रुपैयाँ बराबरको कच्चा पदार्थ नष्ट

  • आर्थिक प्लस संवाददाता

    २०७७ आश्विन १० गते, शनिबार २०:४८ मा प्रकाशित


सुनसरी। ईटहरी उपमहानगरपालिका-१२ खनारस्थित श्री अरिहन्त आईरन एण्ड स्टिल कम्पनीमा शुक्रबार दिउँसो अविरल वर्षाको कारण बाढी पसेर २१ लाख रुपैयाँ मुल्य बराबरको १५ टन स्टिच वायर र करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको ८ टन ईलेक्ट्रोप्लेट वायर समेत गरी करिब २८ लाख ५० हजार रुपैयाँ बराबरको बराबरको कच्चा पदार्थ नष्ट भएको छ ।
तत्काल खटिएको प्रहरीले घटनास्थलमा आवश्यक उद्दार कार्य गरिरहेको छ ।