मुख्य खबर

जमेको पानीमा शुक्रबार मृत अवस्थामा फेला

  • आर्थिक प्लस संवाददाता

    २०७७ आश्विन १० गते, शनिबार २०:५७ मा प्रकाशित


काठमाडौं  । पर्सा, पटेर्वासुगौली गाउँपालिका-२ स्थित शिवमजित फर्मा प्रालिमा काम गर्ने उदयपुर गढी गाउँपालिका-६ बस्ने २० वर्षीय विक्रम तामाङ सोही गाउँपालिका-२ स्थित काँशघारीको जमेको पानीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
सप्तरी, तिलाठी कोइलाडी गाउँपालिका-५ बनरझुलास्थित कोशी नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

बैतडी, पुर्चौडी नगरपालिका-३ तोलीगाउँ बस्ने ४० वर्षीय पदम बोहरा सोही नगरपालिका-१ लामाधार भन्ने स्थानमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
सिन्धुली, दुधौली नगरपालिका-२ बलिन्टार बस्ने ६५ वर्षीय बेचु माझी सोही नगरपालिका-१ कमला नदीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

चितवन, भरतपुर महानगरपालिका-११ बस्ने ४५ वर्षीय हरि प्रसाद चौलागाई घरदेखि करिब २ सय मिटर टाढा खेतको पानीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

रुपन्देही, बुटवल उपमहानगरपालिका-१२ दुर्गानगर बस्ने ४५ वर्षीया कल्पना कार्की सोही उपमहानगरपालिका-१५ चम्खीपुरस्थित दानव नदी खोलामा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।

मकवानपुर, कैलाश गाउँपालिका-५ तारुके बस्ने ३७ वर्षीय धावा स्याङतान सोही गाउँपालिका-५ स्थित कालीखोला छेउमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

कैलाली, धनगढी उपमहानगरपालिका-१४ खुटीया खोलामा सुर्खेत लेकबेशी नगरपालिका-९ घर भएका २१ वर्षीय राजकुमार सारुमगर शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।