मुख्य खबर

अध्यक्ष गुपता को अध्यक्षतामा २ महिला सहित ४५ जनाले गरे रक्तदान

  • आर्थिक प्लस संवाददाता

    २०७७ आश्विन १० गते, शनिबार २१:०४ मा प्रकाशित

वीरगञ्ज । वीरगंज महानगरपालिकामा आज आकस्मिक खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कोरोना भाइरसको कारण महामारी विश्वभर फैलिएको छ। यस महामारीको समयमा नियमित रुपमारक्तदान नभएको हुदा रक्त आवश्यक परेकालाई रक्तको अभाव नहोस भनी आज आकस्मिक खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

लायंस क्लब अफ वीरगंज, लियो क्लब अफ गंजभवानीपुर र लियो क्लब अफ वीरगंजको संयुक्त आयोजनामा शनिबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स सर्भिस सेन्टर वीरगंजमा भएको कार्यक्रममा २ महिलासहित ४५ जनाले रक्तदान गरेको रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेले वताए ।

लायंस क्लब अफ वीरगंजका अध्यक्ष बिजय कुमार गुप्ताको अध्यक्षतामा र प्रमुख जिल्ला अधिकारी आसमान तामाङको प्रमुख अतिथीमा आयोजना गरिएको कार्यक्रमलाई गमलामा पानी हाली उद्घाटन गरेका थिए । सो रक्तदान कार्यक्रममा २ महिला सहित ४५ जनाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा रोशनी श्रेष्ठ, बिशाल श्रेष्ठ, रुपेश पटेल, सुनिता कुमारी, श्रीकान्त सहनी, पप्पु श्रीवास्तव, दिव्या गिरि लगायत गरी ४५ जनाले रक्तदान गरेका थिए।

साथै सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, प्रहरी नायब उपरिक्षक मनोजित कुंवर, डा।उदयनारायण सिंह,डा।मनोज गुप्ता,डा।अशोक गुप्ता, सुनिल गुप्ता, लियो क्लब अफ वीरगंजका अध्यक्ष मेराजुल हवारी, लियो क्लब अफ गंजभवानीपुरका अध्यक्ष विनय साह, कार्यक्रम संयोजक भागवती सिगडेल लगायतको कार्यक्रममा सहभागीता रहेको थियो।