मुख्य खबर

वीरगञ्ज महागरको पूर्वाधारका योजना लथालिङ्ग, १८ करोड बजेट फ्रिज

  • आर्थिक प्लस संवाददाता

    २०७७ आश्विन ११ गते, आईतवार १०:१४ मा प्रकाशित

वीरगञ्ज । वीरगञ्ज महागरको पूर्वाधारका योजना लाथालिन्त, १८ करोड बजेट फ्रिज वीरगंज। कोरोना महामारीको कारण अत्यधिक प्रभावित प्रदेश २ को प्रमुख व्यापारिक शहर वीरगंजका विकास निर्माणका योजना लथालिंग भएका छन्।

संक्रमितको संख्या बढ्दा महानगरपालिकाका विकास निर्माणका योजनाहरुमा काम गर्न नसकेर बजेट फ्रिज भएको छ। गत चैतदेखि भदौसम्म वीरगंजमा कोरोना संक्रमण समुदायस्तरमै फैलिएर विकराल रूप लिँदा उद्योग-व्यापारसँगै सबै विकासे योजनामा नकारात्मक असर परेको हो। चालु आर्थिक वर्षका लागि पारित योजनामा कात्तिकपछि मात्रै काम हुनसक्ने महानगरपालिकाले जनाएको छ।

आव २०७६/७७ मा महानगरपालिकाको करिब १८ करोड रुपैयाँ फ्रिज भएर खातामा छ। सरकारले गत वर्षको बजेट फिर्ता लिएको छैन। अगामी पुसभित्र काम गरी बजेट फर्छ्यौट हुन सक्ने महानगरपालिकाका लेखा अधिकृत रुपनारायण राउतले बताए। उनका अनुसार वीरगंजले संघीय सरकारबाट पाएको १५ करोड र प्रदेश सरकारबाट पाएको ३ करोड गरी कुल १८ करोड रुपैया खर्च गर्न नसकेर त्यतिकै छ। महानगरले ४ अर्ब ७२ करोड ७८ लाख २६ हजार रूपैयाँको बजेट विनियोजन गरेको थियो। त्यसमा १ अर्ब ८५ करोड ५८ लाख ३६ हजारभन्दा खर्च गर्नै सकेन। त्यसमा चालुतर्फ १ अर्ब २१ करोड ७२ लाख र पूँजीगत तर्फ ६३ करोड ८६ लाख १४ हजार खर्च भएको जानकारी राउतले दिए। ‘कोरोनाले अवस्था जटिल बन्यो, काम नभएर बजेट फ्रिज भयो,’ उनले भने, ‘सरकारले अगामी पुसभित्र काम गरी फर्छ्यौट गर्ने योजना ल्याउँदै छ।

अगामी चार महिनामा काम भयो भने पैसा फ्रिज भएर फिर्ता जाँदैन।’ महानगरपालिकाले गत आवमा आन्तरिक स्रोतबाट करिब ५४ करोड बजेट खर्च गरेको जनाएको छ। गत आवको अन्तिम चौमासिकमा विभिन्न वडामा सडक, नाला, स्कुल, कल्भर्ट र धर्मशाला लगायतका कामको योजना त्यसै पैसाबाट काम भएको जनाइएको छ। वीरगंज महानगरले चालू आव २०७७/७८ का लागि ३ अर्ब ८६ करोड ५१ लाख ९० हजार बजेट विनियोजन गरेको छ।