nic bank
himalayan everesat
Nmb bank

बैंक तथा बीत्त संस्थालाई राष्ट्र बैंकको अंकुश,अब ३० प्रतिशतभन्दा बढी लाभांश वितवरण गर्न नपाइने (कार्यविधिसहित)

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

बैंक तथा वित्तीय संस्थाहरुलाई लाभांश वितरणमा राष्ट्रबैंकले कडाई गरेको छ ।  केन्द्रीय बैंकले विभिन्न शर्त तथा मापदण्ड तयार गरी ती पूरा नगर्ने वित्तीय संस्थाहरुलाई नगद लाभांश तथा बोनस सेयर वितरणमा रोक लगाएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने भएका छन् ।

साथै, बैंक तथा वित्तीय संस्थाहरुले अन्य इजाजपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुमा गरेको संस्थापक सेयर लगानी क्रस होल्डिङ बिक्री नगरेसम्म त्यस्तो संस्थाले पाउने नगद लाभांश तथा बोनस सेयर लाभांश वितरण रोक्का गर्ने केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्रबैंकले मंगलबार इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारण सभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि, २०७७ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई साधारणसभाको लागि अनुमति दिन र लाभांश स्वीकृत गर्ने समबन्धमा नयाँ कार्यविधि जारी सो व्यवस्था लागू गरेको हो ।

मंगलबार केन्द्रीय बैंकले वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि २०७२ खारेज गरी बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारण सभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्न तथा लाभांश स्वीकृत गर्न सम्बन्धी कार्यविधि २०७७ जारी गरेको छ ।जस अनुसार इजाजतपत्रप्राप्त संस्थाको २०७७ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशत भन्दा बढी हुन नहुने छ । साथै खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्र प्राप्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण गर्न पाउने छैनन् ।

यत कर्मचारी संचयकोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको हकमा यस बैंकको स्वीकृति लिई बढीमा २५ प्रतिशतको सीमा कायम हुने गरी एक भन्दा बढी बैंक तथा वित्तीय संस्थामा संस्थापक सेयर लगानी गर्न बाधा नपुग्ने जारी कार्यविधिमा उल्लेख छ ।

Financial-Statement-Publishing-Working-Procedure

नागरिक लगानी कोषले सबै नागकिरकलाई नागरिक पेन्सन योजनामा समेटने तयारी

नागरिक लगानी कोषले सबै नागकिरकलाई नागरिक पेन्सन...

वि.सं.२०८१ वैशाख १६ आइतवार २०:१९

  काठमाडौं । नागरिक लगानी कोषले देशभरका सबै नागकिरकलाई नागरिक...

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीको प्रेस संयोजकमा विशाल गैरे

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीको...

वि.सं.२०८१ वैशाख १६ आइतवार २०:०९

  संघीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री...

इलाम–२ मतगणना : सुहाङ बढे अगाडि

इलाम–२ मतगणना : सुहाङ बढे अगाडि

वि.सं.२०८१ वैशाख १६ आइतवार १९:२७

    काठमाडौं । इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २...

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो प्रतिबद्धताको प्रमाण हो : अर्थमन्त्री पुन

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो...

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:४४

  काठमाडौं, १६ वैशाख- अर्थमन्त्री वर्षमान पुनले हालै अध्यादेशमार्फत् नौवटा...

तेस्रो लगानी सम्मेलन : एक सय ५१ परियोजना प्रस्तुत हुने

तेस्रो लगानी सम्मेलन : एक सय ५१...

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४४

काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउन एक सय ५१...

तेस्रो लगानी सम्मेलन काठमाडौंमा सुरु

तेस्रो लगानी सम्मेलन काठमाडौंमा सुरु

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३७

काठमाडौं । स्वदेशी तथा विदेशी लगानी भित्राउन सरकारले गरेको तेश्रो...