मुख्य खबर

प्रधानमन्त्रीद्वरा मन्त्रिपरिषद पुर्नगठन, अर्थमन्त्रीमा विष्णु पौडेल, संचारमा गुरुङ, श्रेष्ठ शहरी विकासमन्त्री

  • आर्थिक प्लस संवाददाता

    २०७७ आश्विन २८ गते, बुधबार १८:३० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो नेतृत्वको मन्त्रिपरिषद पुनःगठन गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल नवगठित मन्त्रिपरिषदको अर्थमन्त्रीमा नियुक्त भएका छन् । पौडेले सहित दुई जना नयाँ अनुहार थपिएका छन् ।

राष्ट्र कार्यालयले केहीबेर अघि सूचना सार्वजनिक गर्दै प्रधानमन्त्रीको सिफारिसमा पौडेलाई अर्थमन्त्रीमा नियुक्त गरिएको उल्लेख छ । त्यस्तै शहरी विकास मन्त्रीमा कृष्ण गोपाल श्रेष्ठ नियुक्त भएका छन् भने पार्वत गुरुङ सञ्चार मन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रिय सभाको सदस्यबाट हटेपछि तत्कालिन सूचना सञ्चार तथा अर्थमन्त्री डा। युवराज खतिवडाले गत भदौं २० गते पदबाट राजिनामा दिएपछि अर्थमन्त्रालय रिक्त थियो भने शहरी विकास उपेन्द्र यादव नेतृत्व दलले सरकार छोडेपछि रिक्त थियो ।

सञ्चार मन्त्रीमा नियुक्त भएका पार्वत गुरुङ यसअघि महिला बालबालिका मन्त्री थिए । उनको ठाउँमा प्रचण्डलाई सिराहामा निर्वाचन हराएर पनि धाँधलीपूर्वक सांसद बन्न बञ्चित भएका लिला श्रेष्ठलाई महिला तथा बालबालिका मन्त्री बनाएर गुरुङलाई सञ्चार मन्त्री बनाइएको हो । शहरी विकास मन्त्री बनेका कृष्ण गोपाल श्रेष्ठ काठमाडौंका रैथाने नेता हुन् ।