मुख्य खबर

११ लाख भन्दा बढीको मालसामान पर्सा प्रहरीले बरामद

  • Avatar
    Aarthik

    २०७७ आश्विन २८ गते, बुधबार २०:४८ मा प्रकाशित


वीरगञ्ज । पर्सा प्रहरीले भन्सार छली गरेर ल्याइएको खाद्यान्न, हार्ड वेयर तथा लत्ताकपडा बरामद गरेको छ ।
जिल्लामा रहेका विभिन्न नाकाहरुबाट विभिन्न मितिमा राजश्व छली गरेर ल्याइएको साढे ११ लाख बराबरको खाद्यान्न, हार्ड वेयर तथा लत्ताकपडा बरामद गरेको हो ।
प्रहरीले बरामद गरेको एघार लाख बाइस हजार छ सय पाँच बराबरको मटर, हार्ड वेयर सामग्री, लत्ताकपडा थप कारवाहीका लागि भन्सार कार्यालय वीरगञ्ज बुझाएको जनाएको छ ।