मुख्य खबर

नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा पुन

  • आर्थिक प्लस संवाददाता

    २०७७ आश्विन २८ गते, बुधबार २१:१४ मा प्रकाशित

काठमाडौँ । नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा पुनः निर्वाचित भएको छ । मंगलबार राति राष्ट्र संघ मुख्यालयमा भएको मतदानमा नेपाल निर्वाचित भएको हो । एसियाबाट नेपालसहित चीन, पाकिस्तान र उजबेकिस्तान निर्वाचित भएका छन् ।

मतदानमा नेपालले १५० भोट प्राप्त गरेको थियो । अब सन् २०२३ सम्म नेपाल यसको सदस्य रहने छ । नेपाल सन् २०१८ देखि यसको सदस्य रहँदै आएको छ । परिषदमा कुनै एक देश दुई पटकसम्म निर्वाचित हुने व्यवस्था छ ।