मुख्य खबर

अर्थमन्त्रीको पहिलो निर्णय विश्वबैंकबाट ऋण लिने

  • आर्थिक प्लस संवाददाता

    २०७७ आश्विन २९ गते, बिहीबार १६:०० मा प्रकाशित

काठमाडौं। नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पहिलो निर्णयनै ऋण लिने गरेका छन् । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले बिहीबार अर्थ मन्त्रालयमा पदबहाली गरेलगत्तै पहिलो निर्णयमा हस्ताक्ष गरेका छन् । पौडेलले मन्त्रालयको पदबहाली नै ऋण लिने निर्णयबाट सुरु गरेका छन् । कोरोना भाइरस ९कोभिड( १९० संक्रमण नियन्त्रण तथा रोकथामका लागि विश्व बैंकबाट २० करोड डलर सहुलियत ऋण लिने निर्णयमा उनले हस्ताक्षर गरेका हुन् ।

शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराएलगत्तै अर्थ मन्त्रालय पुगेर पौडेलले पदबहाली पदबहाली गरे ।पदबहालीका क्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, महालेखा नियन्त्रक मधुकुमार मरासैनी, राजश्व बोर्डका अध्यक्ष महेश दाहाल, भन्सार विभागका महानिर्देशक सुमन दाहाललगायत उपस्थित भए रहेका थिए ।