nic bank
himalayan everesat
Nmb bank

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट कदरपत्र तथा पुरस्कार वितरण

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank


काठमाडौं। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ६५औं प्रहरी दिवस २०७७ का अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग पुर्‍याउने विभिन्न महानुभावहरु, उत्कृष्ट लेखकहरु, नेपाल प्रहरी स्मारक गुठीको आजीवन सदस्यता प्राप्त गर्नुहुने महानुभावलाई कदरपत्र तथा पुरस्कार वितरण गर्नुभयो ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले साहसिक तथा जोखिमपूर्ण कार्य गरे वापत प्रहरी नायव निरीक्षक सागर शमशेर जवरालाई योगेन्द्र स्मृति साहसिक पुरस्कार प्रदान गर्नुभयो ।


सोही अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सर्वोत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी नायव निरीक्षक सुवाष कटुवाल, उत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे लगायत उत्कृष्ट व्यवस्थापकीय कार्य गर्ने, विपद् व्यवस्थापन, उत्कृष्ट ट्राफिक व्यवस्थापन, उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक, सपोर्ट समूहतर्फ, कोभिड(१९ बाट संक्रमितको उपचारमा प्रत्यक्ष रुपमा योगदान गर्नुहुने र अन्य प्रहरी कर्मचारी गरी ३७ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।


यसैगरी प्रहरी महानिरीक्षक थापा क्षेत्रीले समुदाय(प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयनमा सहयोग पुर्‍याउने स्थानीय तह अन्तर्गत चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, शैक्षिक संस्थातर्फ पुष्प सदन आवासिय माध्यामिक विद्यालय कीर्तिपुर, संघ संस्थातर्फ ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र ललितपुर, सर्वसाधारण व्यक्तिहरु र पूर्व प्रहरी कर्मचारी समेतलाई कदरपत्र प्रदान गर्नुभयो ।


यसैगरी प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी द्वैमासिक पत्रिकामा २०७६ मा प्रकाशित लेख रचनामध्ये व्यावसायिकतर्फ सुदर्शन अधिकारी र साहित्यिक रचनातर्फ प्रहरी निरीक्षक होमबहादुर थापालाई नगद पुरस्कार तथा कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले नेपाल प्रहरी स्मारक गुठीका आजीवन सदस्यता प्राप्त गर्नुहुने प्रहरी नायव उपरीक्षक लाल बहादुर धामी र काठमाडौं महानगरपालिका(१९ का खेमराज खनाललाई कदरपत्र प्रदान गर्नुभयो ।


पुरस्कार वितरण समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आफ्नो कर्तव्य पालनाको सिलसिलामा जीवन उत्सर्ग गर्नुहुने अमर एवं वीर प्रहरीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै सो क्रममा घाइते भएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । साथै पुरस्कृत हुने कर्मचारीहरुमा आगामी दिनमा कर्तव्यपरायणतामा थप उर्जा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।


प्रहरीको विकास गर्ने हो भने यसलाई थप व्यावसायिक, प्रविधिमैत्री, जवादेही बनाउनुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भन्नुभयो, ‘हामीले यदि संगठनलाई व्यावसायिक, एकजुट र एकाग्रह बनाउने आँट गर्‍यौं भने त्यसलाई कसैले रोक्न सक्दैन ।’ संगठनको बिकासको लागि साधन र स्रोत आवश्यक हुने उल्लेख गर्दै उहाँले मानसिक रुपमा आफ्नो जिम्मेवारीतर्फ आँट गरेमा साधन स्रोत बाधकको रुपमा नआउने समेत बताउनुभयो ।


कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको समेत उपस्थिति रहेको थियो ।

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:५४

  तपाईं देशको राजधानी काठमाडौं महानगरको सुरक्षा प्रमुख हुनुहुन्छ, यतिञ्जेलको...

हाम्रा कुनै पनि क्रान्ति निष्कर्षमा पुगेनन्  :  राजेन्द्र महतो

हाम्रा कुनै पनि क्रान्ति निष्कर्षमा पुगेनन्  : ...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:४७

  पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले राजनीतिक परिवर्तनका आन्दोलनहरु जनअपेक्षाअनुसारको परिवर्तनसम्म...

मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक स्थायित्वका लागि सघाउने प्रतिबद्धता

मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:४२

  अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन अनन्तलाई अन्तर्राष्ट्रिय मुद्रा...

नेपालको अर्थतन्त्रका धेरै सूचकहरू सकारात्मक हुँदैछन् : गर्भनर अधिकारी

नेपालको अर्थतन्त्रका धेरै सूचकहरू सकारात्मक हुँदैछन् :...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:३५

  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र बिस्तारै...

मन्त्रिपरिषद् बैठकको निर्णय : तीन जना सचिव पदमा बढुवा

मन्त्रिपरिषद् बैठकको निर्णय : तीन जना सचिव...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:१९

  सरकारले तीन जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ...

नवनियुक्त महालेखापरीक्षक रायले लिए शपथ

नवनियुक्त महालेखापरीक्षक रायले लिए शपथ

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:०७

नवनियुक्त महालेखापरीक्षक तोयम रायले पद तथा गोपनीयताको शपथ लिएका छन्...