मुख्य खबर

 वीरगञ्जको मन्दिलमा बलि निषेध

  • आर्थिक प्लस संवाददाता

    २०७७ आश्विन ३० गते, शुक्रबार २०:०५ मा प्रकाशित


वीरगञ्ज । महान चाडपर्व मनाउन आउने परिवारका सदस्यहरुको नामावली आउनुभन्दा अगाडी नै नजिकैको प्रहरी युनिटमा बुझाउन जिल्ला प्रशासन कार्यालय पर्साले अनुरोध गरेको छ ।
आउँदै गरेको बडा दशै, दिपावली तथा छठ पर्वको समयमा हुने भिडभाडलाई मध्यनजर गर्दै प्रशासनले आ आफ्नो घर निवासमै पुजाआज गर्न आग्रह गरेको छ ।

वीरगञ्जका गहवामाई, विन्दवासिनी, विर्तामाई, नगवा लगायतका कुनै पनि मन्दिर वा शक्ति पिठहरुमा वलि दिन यसअघि नै निषेध गरेको हुँदा उक्त कार्य नगर्न र नगराउन पनि सुचनामार्फत आग्रह गरिएको छ ।
शुक्रवार एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले मेला, जात्रा, महोत्सव लगाउन प्रतिबन्ध लगाएको छ भने फुटपाथमा बजार सञ्चालन गर्न रोक लगाएको छ ।

भारतसँग जोडिएको सीमाक्षेत्रमा अवैध चोरी पैठारी र अनधिकृत आवतजावत गर्नमा प्रतिबन्ध लगाइएको छ ।
त्यस्तै सीमा नाकाबाट अपिरिचित व्यक्ति आएमा स्थानीय प्रशासनलाई खबर गर्न पनि आग्रह गरिएको छ ।