मुख्य खबर

एलआईसी नेपालको ब्यतित बीमालेख नविकरणमा छुट

  • आर्थिक प्लस संवाददाता

    २०७७ कार्तिक १ गते, शनिबार १२:२६ मा प्रकाशित

काठमाडौं । एलआईसी नेपालले ब्यतित भएका बीमालेखहरु पुनः नविकरण गर्दा विशेष छुट योजना सार्वजनिक गरेको छ । कम्पनीले आज सूचना जारी गर्दै भोलि कार्तिक १ गतेदेखि आगाामी पुस १ गतेसम्म विभिन्न कारणले व्यतित भएका बीमालेखहरु नविकरण गर्न छुट दिने जनाएको छ ।

विभिन्न कारणले नविकरण शुल्क भुक्तानी गर्न नसकी व्यतित भएका बीमालेखहरु पुनः नविकरण गर्दा बिलम्व शुल्कमा ३५ प्रतिशत वा २५ मध्ये जुन कम हु्न्छ, सो रकम बराबर छुट दिने जनाएको छ । साथै कम्पनीले यसै वर्ष परिपक्व हुने बीमालेखमा छुट सुविधा नपाइने पनि जनाएको छ ।