मुख्य खबर

एनएमबि बैंकले २५ मेघावाटको सेती नदी जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता

  • आर्थिक प्लस संवाददाता

    २०७७ कार्तिक १ गते, शनिबार २०:२९ मा प्रकाशित

काठमाडौं । एनएमबि बैंकले २५ मेघावाटको सेती नदी जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ ।

गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको माछापुछ्रे गाउँपालिकामा निर्माण भईरहेको जलविद्युत परियोजना भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले निर्माण गर्दैछ । यस परियोजनामा एनएमबि बैंक अगुवा बैंक रहेको छ भने सह—वित्तीयकरणमा सहभागी अन्य बैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंक लिमिटेड रहेका छन् ।

२५ मेघावाट क्षमता भएको सेती नदी जलविद्युत आयोजनाको कुल लागत ५ अर्ब रहेको छ । जसमध्ये बैकहरुको लगानी कुल ३।५० अर्बको हुनेछ । यो आयोजनासमेत एनएमबि बैंकले कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।