मुख्य खबर

ज्योति लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा कात्तिकमा

  • आर्थिक प्लस संवाददाता

    २०७७ कार्तिक ३ गते, सोमबार १०:०२ मा प्रकाशित

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा कात्तिक २६ गते बस्ने भएको छ । सभा कम्पनीको कर्पोरेट कार्यालय शान्ता प्लाजा वानेश्वर, काठमाडौंमा बिहान ११ः३० बजे बस्नेछ ।

सभामा आर्थिक वर्ष २०७५र७६ को प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुनेछ । आ।व २०७६र७७ का लागि लेखा परीक्षक पनि नियुक्त गरिनेछ ।

यस्तै, आइपीओ निष्कासन गर्ने सम्बन्धमा पनि छलपल हुनेछ । ज्योति लाइफ इन्स्योरेन्सले गत वर्ष सम्पन्न दोस्रो वार्षिक साधारण सभाबाटै ६६ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । आइपीओ जारी गर्न धितोपत्र बोर्डमा निवेदन दिन भने बाँकी रहेको छ ।

हाल ज्योति लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । आइपीओ जारी भइसकेपछि पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । जीवन बिमा कम्पनीको न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान छ ।