nic bank
himalayan everesat
Nmb bank

वान टु वाच, एनएमबि बैंक, लक्ष्मी बैंक र स्वीस सरकार विकासले एमएसएमईलाई सहयोग गर्ने

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । वान टु वाच, एनएमबि बैंक, लक्ष्मी बैंक र स्वीस सरकार विकास सहयोग एसडिसिबीच लघु, साना तथा मझौला व्यवसायहरु (एमएसएमई) लाई सहयोग गर्ने साझेदारी गरेको छ । स्वीस सरकार विकास सहयोग एसडिसिको सहयोगमा वान टु वाचले एनएमबी बैंक र लक्ष्मी बैंकसँग साझेदारी गरि कोभिड-१९ एमएसएमई कोषको घोषणा गरेको छ ।

यो कोषको मुल उद्देश्य कोभिड-१९ बाट प्रभावित लघु, साना तथा मझौला व्यावसायहरुलाई सहयोग दिने रहेको छ । यो कोषबाट व्यवसायहरुलाई छोटोअवधिको लागि कर्जा प्रदान गर्नुका साथै व्यवसाय अनुकूल परामर्श र तालिम पनि प्रदान गरि व्यवसायको दिर्घायु निरन्तरतामा सहयोग पुर्याउन र रोजगारी जोगाउन मद्दत गर्ने छ । यो कोषद्वारा करिब १०० व्यवसायलाई सहयोग पर्याउने र करिब १००० रोजगारी जोगाउने अपेक्षा गरिएको छ ।

यस अन्तर्गत कोभिड १९ बाट प्रभावित तर व्यवसाय गर्ने क्षमता भएका व्यवसायलाई धितो रहित कर्जा र १८ महिनासम्मको लागि व्याज पनि मिनाहा गरिनेछ । त्यसैगरी, त्यी व्यवसायहरु मध्ये छनोटमा परेका व्यावसायीहरुले आफ्नो व्यावसाय अनुकूल परामर्श पनि प्राप्त गर्ने छन् ।

“यस्तो विषम परिस्थितिमा, यो कोषले वान टु वाचको लगानी र व्यवसाय परामर्शको विशेषज्ञताको प्रयोग गर्दै उच्च क्षमता भएका व्यवसायलाई पहिचान गरि सहयोग गर्नेछ । आशा छ कि यो पहल एक ‘पायलटरप्रयोगात्मक’ हुनेछ जसमा अरु बैंक साझेदारहरु को सहभागिता बढ्दै जानेछ”- वान टु वाचको प्रबन्ध निर्देशक सुमन जोशीले बताएका छन् ।

“लघु, साना तथा मझौला व्यावसायहरु नेपालको अर्थतन्त्रको मेरुदण्ड हुन् । यी व्यवसायहरुले धेरै रोजगारी प्रदान गर्छन् र नवीनताका चालक हुनुका साथैनयाँ रोजगारी पनि प्रदान गर्दछन् । तसर्थ, यी व्यवसायहरुको आथिक अवस्थामा सुधार ल्याउँदा समग्र अर्थतन्त्र नै पुनः चलायमान गर्न बलियो जग खडा गर्न सकिने छ । लामो समयदेखि नेपालको विकास साझेदारका रुपमा रहेको एसडिसिले निजी क्षेत्रसंगको साझेदारीमा गरिने यस पहललाई सहयोग गर्दा गर्व महसुस गरेका र्छौं ।” नेपालको लागि स्विस राजदुत एलिजाबेथ भोन क्यापेलरले भने ।

“हामी एक खुद्रा तथा एमएसई केन्द्रित बैंक हौं, हामी आशावादी छौं कि यो सहकार्यले ऋण योग्य साना उद्यमीहरुलाई बैंक ऋणको पहुँचले यस विषम परिस्थितिमा, व्यवसाय र जिविका चलाउन सहयोग पुर्याउने छ । हाम्रो धारणा यो छ कि एमएसईहरुलाई यस समय विशेष ध्यान र सहयोगको आवश्यकता छ र यस क्षेत्रले देशको अर्थतन्त्र पुनः चलायमान गर्नका साथै दीर्घकालीन अवधिमा अर्थतन्त्रलाई गति दिएर टेवा पुर्याउने छ ।”

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, बिजुली खपत बढाउने सन्देश दियौं – कार्की

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:२२

  विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु...

स्वदेश फर्किए कतारका राजा

स्वदेश फर्किए कतारका राजा

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:१६

  काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका...

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:०६

  नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त...

प्रधानमन्त्री दाहाल र कतारी अमिर शेख थानीबीच दुईपक्षीय बैठक जारी

प्रधानमन्त्री दाहाल र कतारी अमिर शेख थानीबीच...

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:०८

काठमाडौं । दुई दिने राजकीय नेपाल भ्रमणमा आएका कतारका राजा...

नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : अध्यक्ष  ढकाल

नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी...

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:५७

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र रुसबीचको...

बढ्दो सहरीकरणले भूकम्पीय जोखिम पनि बढायो : राष्ट्रपति पौडेल

बढ्दो सहरीकरणले भूकम्पीय जोखिम पनि बढायो :...

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भौगोलिक अवस्थितिका कारण नेपाल उच्च...