मुख्य खबर

कोरोना महामारीले थला परेको नेपाली अर्थतन्त्र पुनरुत्थानका लागि विश्व बैंकले करिब साढे ९ अर्ब रुपैयाँ सहयोग

  • आर्थिक प्लस संवाददाता

    २०७७ कार्तिक १३ गते, बिहीबार १५:३५ मा प्रकाशित

काठमाडौं । कोरोना महामारीले थला परेको नेपाली अर्थतन्त्र पुनरुत्थानका लागि विश्व बैंकले ८० मिलियन अमेरिकी डलर  करिब साढे ९ अर्ब रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । कोरोना महामारीबाट परेको असर न्युनिकरण गरी नेपालको कृषि क्षेत्रको विकासका लागि ग्रामीण उद्यम र आर्थिक विकासका यस्तो रकम प्रदान गर्न लागिएको विश्व बैंकले जानकारी दिएको छ ।

यस्तो परियोजना नेपाल सरकारका लागि एउटा अवसर भएको तथा निजी क्षेत्रसँग मिलेर काम गर्नका लागि रकम खर्च गरिने र यसले कृषि क्षेत्रको विकासका लागि सहयोगी भूमिका खेल्ने विश्व बैंकका नेपाल, मालदिभ्स र श्रीलंका हेर्ने निर्देशन फरिसु हाडाड जेरभोसले बताए ।

विश्व बैंकबाट प्राप्त सो सहयोग रकम प्रदेश नम्बर १, २, बाग्मती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा परियोजना संचालन गरिने भएको छ ।