nic bank
himalayan everesat
Nmb bank

उद्योग वाणिज्य महासंघमा महाभिडन्त :- कस्को पल्लाभारी ?

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

उद्योग वाणिज्य महासंघको आगामी महिना हुन लागेको निर्वाचनमा कस्ले बाजी मार्लान ?

अहिले उद्यमी,व्यवसायीहरुमात्र होइन् सिंगो देशले नै चासो दिइरहेको छ ।
चुनावी मैदानमा बरिष्ठ उपाध्यक्षमा भिड्दैछन् चन्द्र ढकाल र किशोर प्रधान ।
आगामी महिना १३ मंसिरपछि अध्यक्ष पदमा स्वत शेखर गोल्छा चुनिँदैछने भने बरिष्ठ उपाध्यक्षमा भिड्दैछन् चन्द्र ढकाल र किशोर प्रधानहरु ।

अहिलेको बरिष्ठ उपाध्यक्ष जो बन्छ उही अर्काे कार्यकालका लागि उद्योग वाणिज्य महासंघको स्वत अध्यक्ष हुने हुँदा बरिष्ठ उपाध्यक्षहरुबीचको भीडन्तलाई महत्वका साथ हेरिएको छ ।
उपाध्यक्षमा भिडिरहेका किशोर प्रधान यस अघिको निर्वाचनमा पराजय बेहोरेका हुन शेखर गोल्छासँग ।
किशोरलाई पूर्व अध्यक्षहरु वर्तमान अध्यक्ष भवानी राणा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा तथा पूर्व अध्यक्षहरुले समेत बलियो साथ दिएका छन् ।

तर अर्काे दावेदार चन्द्र ढकाल पनि प्रतिष्पर्धाको मैदानमा खरो उत्रदै छन् ।

बाग्लुंगको एउटा ठीटो चन्द्र ढकालले अहिले आइएमइ हुँदै बैंक, वित्तीय संस्था, बीमा, केवलकार, जलविद्युत तथा सेवा क्षेत्र सम्म विस्तार भएको छ ।
उनले बैंकको अलवा वीमा,अटोमोवाइलदेखि हस्पिटालिटीमा पहुँच जमाएका छन् । ढकाल एउटा सफल व्यवसायि त हुन नै । कुनै समय नेपाल बैंकको सरकारी जागिर छाडेर आइएमई खोलेका उनी त्यहीबाट व्यवसायमा जमेका पात्र हुन् ।
ढकाल समूहबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधी तिवारी र एसोसिएट उपाध्यक्षमा रामचन्द्र सांघाईले उमेदवारी दिएका छन् ।

त्यस्तै, प्रधान समूहबाट वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएट उपाध्यक्षतर्फ सौरभ ज्योतीहरु भिड्दै छन् ।
किशोर प्रधान उद्योग वाणिज्य महासंघमै झण्डै दुई दशकदेखि क्रियाशिल पात्र हुन् ।
उनलाई च्याप्दा र विजयी गराउँदा आफूलाई काम गर्न सहज हुने शेखर गोल्छाको ठहर छ ।
त्यही कारण उनी किशोरको पक्षमा खुलेरै लागेका छन् ।

झण्डै दुई दशकभन्दा बढी समयदेखि महासंघमै रहेर उद्योगी व्यापारीका हितमा काम गरिरहेको र पूर्व अध्यक्षहरुको आर्शिवाद रहेका कारण आफूले जित्ने जिकिर गरिरहेका छन् प्रधान ।
तर ढकाल भने आफू भुँइबाट उठेको र साना व्यवसायीहरुको पीर मर्का बुझेको र व्यवसायीका पीर मर्का सरकारसमक्ष समेत लैजानसक्ने भएको हुँदा आफूले व्यवसायी र उद्यमीको मन जितेर विजय हासिल गर्ने दावा गर्दैछन् ।
तर उनी महासंघमा प्रवेश गरेको उति लामो समय भएको छैन् । ढकाललाई पूर्वअध्यक्ष चण्डीराज ढकाल बाहेक अरु कसैको साथ छैन ।

तर प्रधान साढे दुई दशकदेखि महासंघमा आवद्ध छन् । उनलाई वस्तुगत तथा जिल्लारनगरका तर्फबाट पनि सहयोग र समर्थन छ भने वर्तमान अध्यक्ष सहित पूर्वअध्यक्षहरुको टिमले पनि प्रधानलाई सहयोग गर्दैछ । वर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा पूर्वअध्यक्षहरुको पूर्ण साथ रहेकाले प्रधान पनि उस्तै बलिया छन् महासंघको निर्वाचनका लागि । सहयोग र समर्थनका आधारमा हेर्ने हो भने प्रधानले वरिष्ठ उपाध्यक्षमा बाजी मार्ने देखिन्छ ।
यद्यपी यही बीचमा सहमतिको खाका बन्ने विश्वाश समेत उद्यमी व्यवसायीहरु गर्दैछन् ।

रारामा अष्ट्रेलियन लगानीको पहिलो लक्जरी रिसोर्ट

रारामा अष्ट्रेलियन लगानीको पहिलो लक्जरी रिसोर्ट

वि.सं.२०८१ वैशाख १७ सोमवार २३:००

  स्वर्गकी रानीको उपमा पाएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा...

रेमिट हाइड्रो निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीले लगानी गर्ने, एचआईडीसीएल र एनसीसीबीच सम्झौता

रेमिट हाइड्रो निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीले...

वि.सं.२०८१ वैशाख १७ सोमवार २२:०३

काठमाडौं । रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी एक सम्झौतापत्रमा हस्ताक्षर...

डढेलोबाट २४ घण्टामा २२ जिल्लाका ६७ स्थानमा क्षति

डढेलोबाट २४ घण्टामा २२ जिल्लाका ६७ स्थानमा...

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:१६

काठमाडौं । विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले...

नेपाल–चीनबिचको आर्थिक सम्बन्ध हिमाल जस्तै अटल छ : मन्त्री भण्डारी

नेपाल–चीनबिचको आर्थिक सम्बन्ध हिमाल जस्तै अटल छ...

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:१२

  काठमाडौं । काठमाडौं र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर...

एमालेसँग मिलेर अघि बढ्न माधव नेपाल तयार !

एमालेसँग मिलेर अघि बढ्न माधव नेपाल तयार...

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:१०

  काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष...

टेक्नोलोजी एक्सिलेन्स अवार्डद्वारा डा.सुमन थपलिया सम्मानित

टेक्नोलोजी एक्सिलेन्स अवार्डद्वारा डा.सुमन थपलिया सम्मानित

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४९

  काठमाडौँ । ड्यामसोल टेक्नोलोजीद्वारा आयोजित टेक्नोलोजी एक्सिलेन्स अवार्ड कार्यक्रम...