nic bank
himalayan everesat
Nmb bank

स्टार्टअप आइडियामाथि लगानी बढाउन सरकारसँग माग

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

कठमाडौं । समृद्धि स्कुल र विशाल फाउण्डेशनको संयुक्त आयोजनामा राजधानीमा सम्पन्न भएको योङ आन्ट्रपर्नस कन्ल्लेभ २०२० मा सहभागी युवा उधमी तथा विर्धार्थीहरुले स्टार्टअप आइडियामाथि लगानि बढाउन सरकारसँग माग गरेका छन । गत कार्तिक २० गतेदेखि २५ गते सम्म सञ्चालन भएको उक्त कार्यक्रममा कन्केलेभ स्टुडियोमार्फत ३ दर्जन अतिथि सहभागी भए भने वेविनार मार्फत १ हजार भन्दा बढि युवा उद्यमी तथा विधार्थीहरुको सहभागीता जनाएका थिए ।

बिभिन्न सेसनहरुमा बोल्दै युवाहरुले आफुहरुको आइडिया माथी सरकारले बिउपुँजी र तालीमको अवशर प्रदान गरे नेपालमै केहि गर्ने रहर रहेको बताएका थिए । बिभिन्न सेसनमा बोल्ने सरकारका प्रतिनिधि, निजि क्षेत्रका बरिष्ठ उद्यमी र बैकंरहरुले उत्कृष्ट आइडिया भएका स्टार्टअपहरुलाई सुन्य ब्याजदरमा कर्जा सरकारले उपलब्ध गराउन सके भविश्यमा धेरै ठुला ब्यवसायकारुपमा स्टार्टअपहरु बिस्तार हुने बताउनु भएको थियो ।

युवा उधमी तथा विधार्थीहरुमा केन्द्रित रहको यो कार्यक्रमले युवा विद्यार्थीवर्गलाई उधमशीलतामा लाग्न अभिप्रेरित गरेको तथा अगुवा उधमीहरुको उधम अनुभवबाट उधमशीलताका सम्भावित समस्या र चुनौति तथा प्रक्रियाको बारेमा ज्ञान आर्जन गर्न सक्ने एउटा महत्वपुर्ण अवसर भएको आयोजक संस्था विशाल फाउण्डेशनका अध्यक्ष नरेश प्रसाद श्रेष्ठले बताउनु भयो । त्यसैगरी कोरोना भाइरस महामारीपछि संसारभर आर्थिक पुनरउत्थानको एजेण्डा प्रमुखरुपमा उठ्ने भन्दै फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले आगामी दिनमा सरकारले सीप विकास र उत्पादशील क्षेत्रमा सहुलियत कर्जाको ब्यवस्था गनुपर्नेमा जोड दिनु भयो ।

पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, पुर्व अर्थमन्त्री एवं पुर्व सचिव संकरप्रसाद कोइराला, बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झा, अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, सिटिइभीटी का सदस्य सचिव डा पुस्परमन वाग्ले, प्रधानमन्त्रीका आइटि बिज्ञ अस्गर अली, बरिष्ठ उद्यमी हरिभक्त सर्मा, हेमराज ढकाल, हेमाकुमारी अधिकारी, सुदिप आचार्य, बैंकर मनोज ज्ञवालीलगायतका स्पीकरहरुले कार्यक्रमलाई सम्बोधन गरेका थिए । प्रत्येक बर्ष कार्यक्रमलाई निरन्तरता दिने र यस्ता कार्यक्रमले युवा, बिद्यार्थीलाई उद्यमी बन्न अभिप्रेरित गर्ने आयोजकको भनाइ रहेको छ ।

 

आफ्नै पहलमा विद्यार्थीलाई देश–विदेशमा इन्टर्नशिपमा पठाउँदै पद्मकन्या क्याम्पस

आफ्नै पहलमा विद्यार्थीलाई देश–विदेशमा इन्टर्नशिपमा पठाउँदै पद्मकन्या...

वि.सं.२०८० असोज १५ सोमवार ०९:३६

  काठमाडौं । पद्मकन्या क्याम्पसले आफ्नै सञ्जालको माध्यमबाट सम्पर्क गरी...

सरकार विस्तारसँगै मन्त्रालयको जिम्मेवारी हेरफेर हुने, गृहमा नारायणकाजी जाने सम्भावना

सरकार विस्तारसँगै मन्त्रालयको जिम्मेवारी हेरफेर हुने, गृहमा...

वि.सं.२०७९ चैत १२ आइतवार ०९:३२

    काठमाडौं । सरकार विस्तारको चरणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेकपा स्थापना नभएको भए पञ्चायत ढल्ने थिएन : उपमहासचिव गुरुङ

नेकपा स्थापना नभएको भए पञ्चायत ढल्ने थिएन...

वि.सं.२०७९ चैत ११ शनिवार १८:३५

  काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपाको स्थापना...

आजको मौसम : मुलुकको भूभागमा चट्याङसहित वर्षा हुने 

आजको मौसम : मुलुकको भूभागमा चट्याङसहित वर्षा...

वि.सं.२०७९ चैत ३ शुक्रवार १५:४२

  काठमाडौं । आज मुलुकको पहाडी तथा तराईका भूभागमा चट्याङसहित...

कर अधिकारीहरूले भारतमा बीबीसीको कार्यालयमा छापा

कर अधिकारीहरूले भारतमा बीबीसीको कार्यालयमा छापा

वि.सं.२०७९ फागुन ७ आइतवार ००:१६

  न्यूयोर्क, फेब्रुअरी 15 (केएमएस): भारतीय कर अधिकारीहरूले प्रधानमन्त्री नरेन्द्र...

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा केशव राज पौडेल

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा केशव राज पौडेल

वि.सं.२०७९ माघ २७ शुक्रवार ११:१२

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा केशव...