nic bank
himalayan everesat
Nmb bank

७७ वटै जिल्लाका प्रहरी प्रमुख र सरकारी वकील कार्यालयका प्रमुखहरुलाई अनलाईन मार्फत निर्देशन

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank


काठमाडौं। महान्यायाधिवक्ता अग्नि प्रसाद खरेल र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ७७ वटै जिल्लाका प्रहरी प्रमुख र सरकारी वकील कार्यालयका प्रमुखहरुलाई बिहीबार निर्देशन सम्बोधन गर्नुभएको छ ।महान्यायाधिवक्ता खरेलले महान्यायाधिवक्ताको कार्यालय सिंहदरबार र प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टरबाट अनलाईन मार्फत निर्देशन सम्बोधन गर्नुभएको हो ।

उक्त अवसरमा महान्यायाधिवक्ता खरेलले पछिल्लो समयमा गम्भीर प्रकृतिका फौजदारी कसूरहरुमा पनि स्थानीय स्तरमा मेलमिलाप हुने र अपराधलाई लुकाउन लगाउने जस्ता कार्यहरु भैरहेकोप्रति महान्यायाधिवक्ताको कार्यालयले गम्भीर रुपमा लिई यस्ता गैरकानूनी कार्यमा संलग्न व्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याउन गरिएको आग्रहलाई स्थानीय तहसम्म सम्प्रेषण गरिएको जानकारी गराउनुभयो । यस्ता कार्यलाई निशंकोच कानूनी प्रक्रियामा ल्याई कानून कार्यान्वयनको प्रभावकारिताको सन्देश दिनुपर्नेतर्फ क्रियाशील हुन र यस्ता विषयमा स्थानीय तहका पदाधिकारी एवम् विद्यालय तथा सामुदायिक संस्थाका प्रतिनिधिसँग समेत सहकार्य गरी कानूनी व्यवस्थाको प्रचार प्रशार गर्न र समुदायलाई सचेत गराउनका लागि सम्बन्धित प्रहरी कार्यालय एवम् सरकारी वकील कार्यालयहरुले साझा प्रयास गर्न निर्देशन दिनुभयो ।
हालसम्म गरिएका भौतिक सुधार र मानव संशाधनको विकासले प्रहरी तथा सरकारी वकीलहरुको व्यावसायिकता अभिबृद्धि भई कार्य सम्पादनमा देखिनुपर्ने आवश्यकता रहेको र यसबाट नै महान्यायाधिवक्ताको कार्यालयले घोषणा गरेको अभियोजन सुधार वर्षले सार्थकता प्राप्त गर्नेछ भन्ने कुरामा उहाँले विश्वास प्रकट गर्नुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अपराध अनुसन्धानको हालको तथ्यांकीय अवस्था सहित बस्तुस्थितिको विश्लेषण गर्दै प्रहरी र सरकारी वकीलहरुले आपसी समन्वय र सहकार्य गर्न दुबै निकाय क्रियासिल हुन जरुरी रहेको बताउनुभयो । न्यायका लागि आउने व्यक्तिसँग सभ्य व्यवहार गर्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “ दुबै निकायको संयुक्त प्रयासबाट नै नागरीकहरुले न्याय पाउँछन् ।”

प्रमाणमुखी अनुसन्धानमा जोड दिँदै उहाँले भन्नुभयो, “प्रमाण संकलन गर्ने हो, सृजना गर्ने होइन, सबुत प्रमाण ग्राह्य हो होइन निर्धारण गरी ग्राह्य प्रमाण मात्र संकलन गर्ने दिशामा अनुसन्धान निर्देशित हुनुपर्छ ।” अपराध अनुसन्धानलाई प्रभावकारी बनाउनका लागि आवश्यक सबै प्रकारका सहयोगका लागि प्रहरी प्रहरी प्रधान कार्यालयको सहयोग रहने प्रतिबद्दता समेत उहाँले व्यक्ति गर्नुभयो ।

वरिष्ठतम् नायव महान्यायाधिवक्ता पद्यप्रसाद पाण्डेयको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा नायव महान्यायाधिवक्ता विश्वराज कोइरालाले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्नुभएको थियो ।

महान्यायाधिवक्ताको कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा नायब महान्यायाधिवक्ताहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, सहन्यायाधिवक्ताहरु, प्रहरी नायब महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका प्रमुख, ७७ वटै जिल्लाका सरकारी वकील कार्यालयका प्रमुखहरु र जिल्ला प्रहरी प्रमुखहरुको भर्चुअल उपस्थिति रहेको थियो ।

स्थानीय तहलाई निर्देशन दिन सक्ने अवस्थामा छैनौं : सामान्य प्रशासनमन्त्री जोशी

स्थानीय तहलाई निर्देशन दिन सक्ने अवस्थामा छैनौं...

वि.सं.२०८० फागुन २९ मंगलवार १९:५३

  काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले...

स्थानीय निकायको प्रशासकीय भवन सार्न कोशी सरकारद्वारा सिफारिस

स्थानीय निकायको प्रशासकीय भवन सार्न कोशी सरकारद्वारा...

वि.सं.२०८० माघ २९ सोमवार १७:१६

  विराटनगर । कोशी प्रदेश सरकारले मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख...

फेरियो दलीय समीकरण, राष्ट्रिय सभामा माओवादी ठूलो, एमाले तेस्रो

फेरियो दलीय समीकरण, राष्ट्रिय सभामा माओवादी ठूलो,...

वि.सं.२०८० माघ ११ बिहीवार २३:२७

  काठमाडौं । संघीय संसद अन्तर्गतको माथिल्लो सदन राष्ट्रिय सभामा...

राष्ट्रिय सभामा विजयीहरु (सूचीसहित)

राष्ट्रिय सभामा विजयीहरु (सूचीसहित)

वि.सं.२०८० माघ ११ बिहीवार २३:२१

काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभा सदस्यका १९...

राष्ट्रिय सभा निर्वाचन : वाग्मतीका चारै सीटमा गठबन्धन

राष्ट्रिय सभा निर्वाचन : वाग्मतीका चारै सीटमा...

वि.सं.२०८० माघ ११ बिहीवार २३:०६

  हेटौंडा । वाग्मती प्रदेशबाट राष्ट्रिय सभा सदस्यको चार सीटमा...

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिमका ३ सीटमा सत्ता गठबन्धन

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिमका ३ सीटमा...

वि.सं.२०८० माघ ११ बिहीवार २३:०३

  काठमाडौं । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशमा गठबन्धनका तीनै जना...