मुख्य खबर

फेसबुकमा फेक आईडी बनाई बालिकाहरूलाई अश्लिल सन्देश, तस्वीर पठाउने व्यक्ति पक्राउ

  • आर्थिक प्लस संवाददाता

    २०७७ कार्तिक २७ गते, बिहीबार १९:०२ मा प्रकाशित


काठमाडौं। सामाजिक सञ्जाल फेसबुकमा फेक आईडी बनाई बालिकाहरूलाई अश्लिल सन्देश तथा तस्विर पठाउने सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी गाउँपालिका(४ बस्ने २० वर्षीय अखिल नेपालीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अखिलले बालिकाहरूको बारेमा यौनअश्लिलतायुक्त अनर्गल सामग्री पोष्ट गरी अपमान गर्ने र हैरानी दिने कार्य गरी विद्युतीय ९ईलेक्ट्रोनिक० कारोबार ऐन बमोजिमको कसुर गरेको पाइएपछि प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका(२७ बाट उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको उक्त ब्यूरोले जनाएको छ ।