मुख्य खबर

गोल्छा र प्रधान समुहको निष्कर्ष : ७५ प्रतिशतमतसहित सिङ्गो प्यानलनै निर्वाचित हुन्छौ

  • आर्थिक प्लस संवाददाता

    २०७७ मंसिर १२ गते, शुक्रबार १८:१५ मा प्रकाशित

काठमाडौं : नेपालउद्योग बाणिज्य महासंघको जारी निर्वाचनको अन्तिमदिनशनिवार नयाँ नेतृत्वकालागीमतदानहुदै छ ।महासंघको ५४ औं साधारण सभाबाट नयाँ नेतृत्वचयनगर्नकालागिशनिवार मतदानहुनलागेको हो ।
जिल्लानगरबाटै प्रतिनिधित्वगर्ने बिराटनगरकाब्यवसायीकिशोर कुमार प्रधान र एसोसियटस्बाट प्रतिनिधित्वगर्ने चन्द्र ढकालबीच बरिष्ठ उपाध्यक्षपदमाप्रतिस्पर्धा हुदै छ । सुरुवातबाटै निकै प्रतिस्पर्धा हुने देखिएको बरिष्ठ उपाध्यक्षपदमामतदानहुनु भन्दा १२ घण्टा अगाडी नै ५० प्रतिशतमतभार रहेको जिल्लानगरबाट आफुले पाउने मतको आंकलनदुवै पक्षले गरिसकेका छन् ।

नयाँबानेश्वरको एभरेष्ट होटेलमा १३ गतेबाट अध्यक्षबन्ने भावीअध्यक्ष सेखर गोल्छा र बरिष्ठ उपाध्यक्षकाउम्मेदवार किशोर प्रधानसहितकापुर्व अध्यक्षहरु र जिल्लानगरकाअध्यक्षहरुको बैठकले प्रदेश १ बाट ८०प्रतिशतमत, प्रदेश २ बाट सतप्रतिशत, बागमतीप्रदेशबाट ७० प्रतिशत, गण्डकी प्रदेशबाट ५० प्रतिशत, लुम्विनीप्रदेशबाट ७० प्रतिशत, कणार्ली र सुदुर प्रदेशबाट ९० प्रतिशतजिल्लानगरको मतआफुले प्राप्तगर्ने ७ वटै प्रदेशकाजिल्लानगरकाअध्यक्षसहितको बैठकले निष्कर्ष निकालेको छ । बस्तुगत र एसोसियटबाट ६५ प्रतिशतआफुले मतपाउदाँ समग्रमा७५प्रतिशतको हारहारीमामतपाउदाँ सिङ्गो टिम नै निर्वाचीतहुनेमा ढुक्क देखिन्छन् ।

पछिल्लो समय चन्द्र ढकाल समुहले निकै भरोसा गरेको गण्डकी प्रदेश, लुम्विनीप्रदेश, कणार्ली र सुदुर पश्चिमप्रदेशकाजिल्लाअध्यक्षहरु सेखर गोल्छा र किशोर प्रधानको समुहमाखुलेरै लागेका छन् । महासंघको बरिष्ठ उपाध्यक्षमादुवै उम्मेद्वार उक्तिकै बलियो रहेपनिअनुभव, अभ्यास र महासंघमा योगदानकाआधारमाकिशोर कुमार प्रधानलाई नेतृत्वदिनुपर्नेमाअधिकांस जिल्लानगर अध्यक्षहरु एकमत छन् ।महासंघमा आवद्ध सदस्यहरुको हित र सरकारसंग आफ्नो कुरा प्रष्ट राख्न सक्ने प्रधानलाई नेतृत्वमाल्याउँदाव्यवसायीहरुको हितमाकामगर्न सजिलो हुने उनीहरुको भनाई छ । बर्तमानअध्यक्षभवानी राणा, भावीअध्यक्ष सेखर गोल्छा, निर्वतनमानअध्यक्षपशुपति मुरारकालगायतकाअधिकांस पुर्व अध्यक्षहरु पनियसपालीकिशोर प्रधानलाई मतदिनुपर्ने बताएका छन् पछिल्लो समिकरण हेर्दा किशोर प्रधान र उनको समुहनिकै बोली देखिएको छ भने चन्द्र ढकाल समुह रक्षात्मकअवस्थामा छ ।

बन्दसत्रमाबिहिवार चन्द्र ढकालले आफनो समुहले हार्ने लक्षण देखेपछिसेखर गोल्छाको नेतृत्वक्षमता र १० बर्षे योजनामाथी कडा टिप्पढी गरेका छन् । किशोर प्रधानले पुर्व अध्यक्षको सम्मान, अध्यक्ष सेखर गोल्छाको भिजनकार्यान्वयनगर्न सारथीबन्ने र गोल्छापछि आफु अध्यक्षमा आएपछि गोल्छाले सुरु गरेकाकार्यक्रमसगैं अन्यभिजनपनि प्रस्तुतगर्ने बन्दसत्रमाबताए । जिल्लानगर उपाध्यक्षमादिनेश श्रेष्ष्ठ, बस्तुगतमा अञ्जनश्रेष्ठ, एसोसियटमा सौरभ ज्योतिसहितजिल्लानगर, बस्तुगत र एसोसियटबाट उम्मेदवार भएका सबै उम्मेदवारले फराकिलो मतअन्तरले बिजयीहुनेमागोल्छा समुह ढुक्क रहेको छ ।मतदानशनिवार विहान ८ बजेबाट सुरु हुने छ ।निर्वाचन समितिले पनितयारी पुरा भएको जानकारी दिएको छ ।