मुख्य खबर

एफएनसीसीआईमा जिल्ला नगरतर्फको मतदान सम्पन्न, शतप्रतिशत भोट खस्यो

  • आर्थिक प्लस संवाददाता

    २०७७ मंसिर १३ गते, शनिबार १४:४६ मा प्रकाशित

काठमाडौं  : एफएनसीसीआईमा जिल्ला नगरतर्फको मतदान सम्पन्न, शतप्रतिशत भोट खस्यो । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यकारणी समितिको निर्वाचन अन्तर्गत जिल्ला नगर तर्फको मतदान सम्पन्न भएको छ ।

कमलादी स्थित प्रज्ञा भवनमा जारी मतदानमा दिँउसो २ बजेसम्म जिल्ला नगरका सबै प्रतिनिधिले भोट हालेको हाम्रा संवादताले जनाएका छन् । जिल्लानगर तर्फ कुल १०५ मध्ये १०५ मत खसेको छ ।

ललितपुर उद्योग वाणिज्य संघका प्रतिनिधिले सबैभन्दा अन्तिम भोट हालेका हुन । महासंघको निर्वाचनमा जिल्ला नगरतर्फको भोटको वेटेज ५० प्रतिशत रहने गर्छ । जिल्ला नगरतर्फको निर्वाचनमा चन्द्र ढकाललाई भन्दा किशोर प्रधानलाई बढी भोट गएको आँकलन गरिएको छ ।

निर्वाचनस्थलमा खटिएका नोटबजारका संवाददाताका अनुसार यो समाचार तयार पार्दासम्म वस्तुगत तर्फ ८० भोट र एशोसियटतर्फ ८ सय बढी भोट खसिसकेको छ।

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा अन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहान ८ बजेबाट सुरुभएको मतदान उपराह्न ४ बजेसम्म जारी रहने महासंघले जनाएको छ ।