मुख्य खबर

वीरगञ्ज वाड ३मा कब्रिस्तान जान बाटो नहुँदा महानगरपालिकाले २२ लाख ५० हजारमा जग्गा किने

  • आर्थिक प्लस संवाददाता

    २०७७ पुष ९ गते, बिहीबार २१:०७ मा प्रकाशित

 

वीरगञ्ज । पर्सा-वीरगन्ज महानगरपालिकामा रहेको कब्रिस्तानमा आवत जावतको लागि समस्या भएपछि वीरगञ्ज महानगरपालिकाले सडकको लागि जग्गा खरिद गरेको छ। महानगरको वडा नम्बर ३ स्थित कव्रिस्तानमा जाने सडक नहुँदा आवत जावत गर्नको लागि बाटो निर्माण गर्न जग्गा खरिद गरेको हो। कब्रिस्तानमा बाटो नहुदा समस्यामा परेका मुस्लिम समुदायलाई वीरगन्ज महानगरपालिकाले सडकको लागि जग्गा खरिद गरि दिएको हो।

वस्ती बस्न सुरु भएदेखि नै मुस्लिम समुदायले स्थापना गरेको कव्रिस्तानसम्म जाने सडक नहुँदा स्थानीयबासीहरुले निजी जग्गाको बाटो प्रयोग गर्नु परेको थियो। वीरगन्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीको पहलमा कव्रिस्तानसम्म जाने सडकको लागि ५ धुर जग्गा महानगरपालिकाले खरिद गरिदिएपछि अहिले मुस्लिम समुदाय खुशी भएका छन्। करिब १ विगाह क्षेत्रफलमा रहेको कव्रिस्तानको लागि सधिँयारमा रहेका विशाल श्रेष्ठको ५ धुर जग्गा २२ लाख ५० हजारमा वीरगन्ज महानगरपालिकाले खरिद गरि दिएको हो।

वीरगन्ज महागनरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बैजु स्वर्णकार सहित वडाका मुस्लीम समुदायले महानगरपालिकामा समस्या राखेपछि नगर प्रमुख सरावगीको पहलमा जग्गा खरिद गरिएको वडा अध्यक्ष स्वर्णकारले बताए कव्रिस्तानको लागि बाटो नहुँदा समस्या परेका मुस्ली समुदायलाई महानगरपालिकाले बाटोको लागि जग्गा खरिद गरिदिएकोमा मुस्लिम समुदाय खुशी भएका थिए। उनीहरुले जग्गा खरिद गरि सडकको समस्या सामाधान गरिदिएपछि महानगरप्रमुख सरावगीलाई धन्यावाद समेत दिएका छन्। वडा अध्यक्ष स्वर्णकारले भने, ‘विगत लामो समयदेखि कव्रिस्तानसम्म जान बाटो नहुँदा चिन्तित थिए अहिले बाटोको लागि जग्गा खरिद गरिदिएपछि मुस्लीम समुदाय खुशी भएका छन्।’