काठमाडौँको मुटु सुन्धारा स्थित बन्दै गरेको धरहरा छेउमामा ६ आना १ पैसा २ दाम क्षेत्रफल जग्गा छ। अस्थायी संरचना रहेको उक्त ब्यक्तीको जग्गामा मुसलमान समुदायका केही ब्यक्तीले अड्डा जमाएर बसेका छन्। अहिले पहिले सम्म सुन्धाराको शोभा नै बिगार्ने गरि सेकुवा बेच्ने गरिएको त्यो स्थानको जग्गा कब्जा गर्न केही मुसलमानले मस्जिद भएको भन्दै व्यक्तिको नाममा रहेको जग्गा हडप्ने चालबाजी गर्न थालेका छन्,यसको बिबाद यतिबेला सतहमा आएको छ।
खासमा यो जग्गा रत्नकाजी महर्जन र जुजुकाजी महर्जनको नाममा कायम भएको मालपोतको अभिलेखमा उल्लेख छ र सम्मानित सर्बोच्च अदालतको पूर्ण इजलासले पनि महर्जनद्वयकै नामको जग्गा भएको अन्तिम फैसला सुनाएको छ। सुरुमा ०३७ मा तत्कालीन ३ नम्बर नापी गोश्वाराले (अहिलेको मालपोत कार्यालय भनेजस्तै) ‘खसी व्यापार गर्ने मुसलमानहरु बसेको’ भन्ने फिल्डबुक तयार गर्यो । तर उक्त जग्गा पछि मुसलमानले हकभोग गर्न नपाउने भन्दै २२ कात्तिक ०५२ पुनरावेदन अदालत पाटनले नरेन्द्रविक्रम राणाको पक्षमा फैसला गर्यो र उक्त जग्गा उनै रानाको भएको ठहरियो। उक्त जग्गा मुस्लिमको मस्जिद भएको नाममा आफ्नो पार्न कस्सिएका अब्दुल सलाम मियाँको फैसला बदर निवेदनलाई जिल्ला, पुनवरावेदन र सर्वोच्च तीनवटै तहका अदालतले अस्वीकार गरिदिए ।