nic bank
himalayan everesat
Nmb bank

सेयर कारोबारमा लाग्दै आएको ब्रोकरहरुको सेवा शुल्क घट्यो, यस्तो छ नयाँ कमिसन दर

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेवन)ले धितोपत्र बजारको सुधार तथा विकासका क्रममा सेयर कारोबारमा लाग्दै आएकाहरुको कमिसन घटाएको छ ।

सेवनले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै बोर्डले साना लगानीकर्ताहरुलाई कारोबार सेवा वापत लिँदै आएको न्यूनतम शुल्कमा ६० प्रतिशत कम हुने गरी सेवा शुल्क घटाएको हो ।

त्यस्तै सरकारी तथा संस्थागत ऋणपत्र, सामूहिक लगानी कोषको इकाई तथा अन्य धितोपत्रको खरिद तथा बिक्री कारोबारमा लिँदै आएको शुल्कमा ५० प्रतिशत र संगठित संस्थाको सेयर खरिद तथा बिक्री कारोबारमा लिँदै आएको शुल्कमा ३३ प्रतिशत घटाएको छ ।

पछिल्लो समयमा धितोपत्र बजारमा ८५ प्रतिशतभन्दा बढी कारोबार अनलाइनमार्फत हुने गरेको दैनिक कारोबार परिमाणमा बढोत्तरी हुँदै गइरहेको सन्दर्भमा समेत धितोपत्र दलाल व्यवसायीले लिने सेवा शुल्कमा पुनरावलोकन गरी समसामयिक बनाउन सेवनले सेवा शुल्क पुनारावलोकन गरेको जनाएको छ ।

सेवनले को छ । यसअघि कारोबारमा लाग्दै आएका व्यवसायीहरुले ०.४० प्रतिशतदेखि ०.६० प्रतिशतसम्म शुल्क तिर्दै आएका थिए ।

बोर्डले ५० हजार रुपैयाँसम्मको कारोबारका लागि ०.४० प्रतिशत शुल्क कायम गरेको छ भने ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत कायम हुनेछ ।

यसैगरी ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोडसम्मको कारोबारमा ०.३० प्रतिशत तथा १ करोडभन्दा बढीको कारोबारमा ०.२७ प्रतिशत शुल्क निर्धारण गरेको छ ।

यसअघि ५० हजारसम्मको कारोबारका लागि ०.६० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारका लागि ०.५५ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको लागि ०.५० प्रतिशत, २० लाखदेखि १ करोडसम्मका लागि ०.४५ प्रतिशत र १ करोडभन्दा बढीका लागि ०.४० प्रतिशत शुल्क लाग्ने व्यवस्था थियो ।

सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र र अन्य संस्थागत ऋणपत्रको कारोबार गर्दाको शुल्कमा सेवनले ०.०२ प्रतिशतदेखि ०.१० प्रतिशकतसम्म शुल्क कायम गरेको छ ।

सेवनका अनुसार ५ लाखसम्मको लागि ०.१० प्रतिशत, ५ लाखदेखि ५० लाखसम्मको कारोबारका लागि ०.०५ प्रतिशत तथा ५० लाखभन्दा बढीको कारोबारका लागि ०.२० प्रतिशत शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

सामूहित लगानी कोषको इकार्य तथा अन्य धितोपत्रको हकमा ०.१० प्रतिशतदेखि ०.१५ प्रतिशतसम्म शुल्क निर्धारण गरेको छ ।

जसमा ५ लाखसम्मका लागि ०.१५ प्रतिशत, ५ लाखदेखि ५० लाखसम्मको कारोबारका लागि ०.१२ प्रतिशत र ५० लाखभन्दा बढीको कारोबारका लागि ०.१० प्रतिशत शुल्क लाग्नेछ ।

सेयर, ऋणपत्र, सामूहिक लगानी योजना लगायत अन्य धितोपत्रको कारोबारमा वृद्धि हुनुका साथै नयाँ लगानीकर्ताहरुसमेत बजार प्रवेशका लागि प्रोत्साहित हुने र यसबाट समग्र धितोपत्र बजार गतिशील एवं प्रतिस्पर्धी हुने अपेक्षाले शुल्क घटाएको सेवनले जनाएको छ ।

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे, यस्तो रवैया मान्य हुँदैन’

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे,...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:२३

  नेपाली कांग्रेसका प्रवक्ता एवं निवर्तमान अर्थमन्त्री डा.प्रकाश शरण महतले...

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:०९

  काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका...

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनका सिइओबीच भेट

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:४०

अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस इन्टरनेशनल...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश सहभागी हुने पक्का

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:१७

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट...

वैदेशिक रोजगारीमा जाने श्रमिकले अंग्रेजी भाषाको परीक्षा दिनु नपर्ने

वैदेशिक रोजगारीमा जाने श्रमिकले अंग्रेजी भाषाको परीक्षा...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:२६

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन...

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:५४

  तपाईं देशको राजधानी काठमाडौं महानगरको सुरक्षा प्रमुख हुनुहुन्छ, यतिञ्जेलको...