nic bank
himalayan everesat
Nmb bank

शाइन रेसुङ्गा बैंकको अध्यक्षमा पौडेल

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank


काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको १२ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । बुटवलमा सम्पन्न साधारण सभाले आगामी चार वर्षका लागि बैंकको सञ्चालक समिति अध्यक्षमा थानेश्वर पौडेललाई चयन गरेको हो ।यस्तै सञ्चालक समिति सदस्यहरुमा संस्थापक शेयरधनीबाट डा. ताराप्रसाद उपाध्याय, ई. सुरज उप्रेती र शर्मिला श्रेष्ठ तथा सर्वसाधारण शेयरधनीबाट मोहन चापागाई र विरेन्द्र विष्ट चयन भएका छन् । श्रेष्ठ र विष्ट नयाँ सञ्चालक हुन् । एकजना विज्ञ (स्वतन्त्र) सञ्चालक सदस्य भने पछि चयन गरिने जनाइएको छ ।

बैंकको शेयर पुँजी ३ अर्ब १ करोड ६३ लाख ४ हजार रुपैयाँ, निक्षेप ३२ अर्ब २९ करोड २४ लाख र कर्जा लगानी २७ अर्ब ११ करोड ५३ लाख रहेको छ । २०७७ असार मसान्तसम्म बैंकको चुक्ता पुँजी ३ अर्ब १ करोड ६३ लाख ४० हजार रहेकामा कूल सञ्चित वितरणयोग्य मुनाफाबाट १३ प्रतिशतले हुने रकम. ३९ करोड २१ लाख २४ हजार रुपैयाँ बोनस शेयर वितरणका लागि साधारणसभामा पारित भएको छ । बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी ३ अर्ब ४० करोड ८४ लाख पुग्ने छ । बैंकको कूल सम्पत्तिमा गत वर्षको तुलनामा ६४.३० प्रतिशतले वृद्धि भई ३५ अर्ब २६ करोड ९४ लाख पुगेको छ भने कूल निक्षेपमा गत वर्षभन्दा ६१.७६ प्रतिशतले वृद्धि भई ३० अर्ब ५८ करोड ९६ लाख पुगेको छ ।

यस्तै कूल कर्जा तथा सापटमा गत वर्षभन्दा ५४.२३ प्रतिशतले वृद्धि भई २५ अर्ब २ करोड ८२ लाख पुगेको छ भने बैंकको खुद मुनाफामा गत वर्षभन्दा १.९८ प्रतिशतले वृद्धि भई ४२ करोड ६७ लाख ४७ हजार रुपैयाँ पुगेको छ । हाल ७१ वटा शाखा र एक एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिइरहेको बैंकले निकट भविष्यमै संघीय राजधानी काठमाडौंसहित सुदूरपश्चिम प्रदेशमा पनि शाखा सञ्जाल विस्तार गर्ने तयारी गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।

ज्योति विकास बैंकले दियो अग्नि पिडित परिवारलाई राहत सामग्री

ज्योति विकास बैंकले दियो अग्नि पिडित परिवारलाई...

वि.सं.२०८१ वैशाख १७ सोमवार २३:३१

  काठमाडौं । ज्योति विकास बैंकले अग्नि पिडित परिवारहरुलाई राहत...

कामना सेवा विकास बैक र ओम मुक्तिनाथ पोलिक्लिनिकबिच सम्झौता

कामना सेवा विकास बैक र ओम मुक्तिनाथ...

वि.सं.२०८१ वैशाख १७ सोमवार २२:५२

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई ओम मुक्तिनाथ पोलिक्लिनिक...

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत- ब्रान्ड म्यानेजर

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन :...

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४२

  काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा...

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा,...

वि.सं.२०८१ वैशाख १७ सोमवार ०९:२४

  ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल...

समृद्धि फाइनान्सका ग्राहकलाई आर्सिया डेन्टलमा छुट

समृद्धि फाइनान्सका ग्राहकलाई आर्सिया डेन्टलमा छुट

वि.सं.२०८१ वैशाख १७ सोमवार ०८:५६

  काठमाडौं । समृद्धि फाइनान्सका ग्राहकहरुलाई आर्सिया डेन्टलमा छुट हुने...

आइएमई लाइफ इन्स्योरेन्सको नाफा ७५.७९ प्रतिशतले वृद्धि

आइएमई लाइफ इन्स्योरेन्सको नाफा ७५.७९ प्रतिशतले वृद्धि

वि.सं.२०८१ वैशाख १७ सोमवार ०८:५४

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आथिर्क...