मुख्य खबर

कुमारी बैंकको नाफा एक अर्बभन्दा बढी

  • Avatar
    Aarthik

    २०७७ माघ १२ गते, सोमबार २०:३२ मा प्रकाशित


काठमाडौं । कुमारी बैंक् लिमिटेडले एक अर्ब भन्दा बढी नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब २१ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१ करोड ३५ लाख रुपैयाँ अर्थात ५१.४९ प्रतिशत बढी हो ।
बैंकले सार्वजनिक गरेको विवरण अनुसार समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.०१ प्रतिशत बढेर २ अर्ब ४९ करोड ७७ लाख रुपैयाँ पुगेको छ भने बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ५३.४७ प्रतिशत बढेर १ अर्ब ७४ करोड ५ लाख रुपैयाँ पुगेको छ। बैंकको अन्य सञ्चालन आम्दानी खुद व्यापार आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण खुद ब्याज आम्दानीको तुलनामा सञ्चालन मुनाफा धेरै बढेको हो ।

समीक्षा अवधिमा बैंकको खुद व्यापार आम्दानी १३ करोड ७३ लाख रुपैयाँबाट बढेर १८ करोड ८५ लाख रुपैयाँ पुगेको छ भने अन्य सञ्चालन आम्दानी ४ करोड ६ लाख रुपैयाँबाट बढेर १८ करोड ९४ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, सो अवधिसम्ममा बैंकको ४ करोड १६ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ । खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि सुधार देखिएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १६ रुपैयाँ ८३ पैसा रहेको बैंकको ईपीएस चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर १७ रुपैयाँ ५३ पैसा पुगेको छ । पुस मसान्तसम्ममा १३ अर्ब ८७ करोड ८४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ५० करोड रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ६८ करोड ५१ लाख रुपैयाँ र शेयर प्रिमियममा ८ करोड ८८ लाख रुपैयाँ सञ्चित छ ।