मुख्य खबर

‘आइएमई पे’ वालेटमार्फत खानेपानीको महसुल भुक्तान गर्न सक्ने

  • आर्थिक प्लस संवाददाता

    २०७७ माघ १३ गते, मंगलवार २१:४० मा प्रकाशित


काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेडअन्तर्गत संचालित ‘आइएमई पे’ र बिराटचोक मोरङ स्थित इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समिति बीच सम्झौता भएको छ । सम्झौता अनुसार उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल आइएमई पे वालेट मार्फत भुक्तान गर्न सक्नेछन् । सम्झौता पत्रमा ‘आइएमई पे’ का अधिकृत भवानी प्याकुरेल र इन्द्रपुर खानेपानीका संचालक सुजता चौलागाईंले हस्ताक्षर गरे । यस सम्झौताबाट ६ हजार (६,०००) घरधुरी लाभान्वित हुने आइएमईले जनाएको छ ।