मुख्य खबर

म्याक परिवार अब चितवनमा पनि

  • Avatar
    Aarthik

    २०७७ माघ १३ गते, मंगलवार २१:४६ मा प्रकाशित


काठमाडौं । भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्व प्रसिद्ध म्याक ल्युब्रिकेन्टस अब चितवनमा पनि उपलब्ध हुने भएको छ । नेपालका लागि म्याक ल्युब्रिकेन्टको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग र कैलाश आयल डिष्ट्रिब्युटर्सको संयुक्त आयोजनामा चितवनको पुल्चोकमा म्याक परिवारको उद्घाटन भएको छ । म्याक परिवारको मुख्य उद्देश्य भनेको म्याकका डिलरहरु, रिटेलरहरु तथा मेकानिक्सहरुलाई एउटै परिवारमा बाधेर विभिन्न सुविधाहरु उपलब्ध गराउनु रहेको कम्पनीले जनाएको छ । जसमा म्याक परिवारका सदस्यहरुले मेकानिक बीमा, शैक्षिक छात्रवृत्ति, होलिडे प्याकेज, फेमिली डिनर तथा योगाका कक्षाहरु लगाएतका सुविधाहरु प्राप्त गर्न सक्नेछन् । यसबाहेक अन्य सुबिधाहरु, व्यवसायिक तालिम, ल्युब्रिकेन्ट सम्बन्धी ब्रोशर(बुकलेट र अन्य सामाग्रीहरु लगायत प्राप्त गर्न सक्नेछन् ।