मुख्य खबर

खल्ती डिजिटल वालेट चौथो वर्षमा, ल्यायो एक महिने उपहार योजना

  • Avatar
    Aarthik

    २०७७ माघ १३ गते, मंगलवार २१:५१ मा प्रकाशित


काठमाडौं । लोकप्रिय पेमेन्ट गेटवे खल्ती डिजिटल वालेट चौथो वर्षमा प्रवेश गरेको छ । चौथो वर्ष प्रवेश गरेको अवसरमा खल्तीले एक महिने उपहार योजना ल्याएको जस अन्तर्गत ग्राहकहरुले हरेकहप्ता स्मार्टफोन, १ वर्षको इन्टरनेट सब्सक्रिपसन, स्मार्ट वाच पाउनेछन् । यस योजना अन्तर्गत कुल १६ जना प्रयोगकर्ताले ४ हप्तासम्म ४ ओटा सुविधा मध्य कुनै एकको भुक्तानी गरी सहमागी भएर निम्न उपहार जित्न सक्नेछन् । यो योजना यही जनवरी २६ देखि फेब्रुअरी २६ सम्म संचालन हुने कम्पनीले जनाएको छ ।

खल्तीले प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैकिङ्ग कारोबार सहज र सरल बनाउँदै आएको छ । सुरू गरेको तीन वर्षमै खल्ती वालेटका १४ लाखभन्दा बढी प्रयोगकर्ता भएको थियो । खल्ती वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकमा पैसा पठाउन सकिन्छ । यसका साथै यसको प्रयोग गरेर मोवाइलबाटै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्सको टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथसाथै खल्तीबाट रकम भुक्तानी गर्दा क्यासब्याक समेत पाइन्छ ।