मुख्य खबर

कर्णाली डेभलपमेन्ट बैंक पनि नेपाल क्लियरिङ्ग हाउसमा आवद्ध

  • Avatar
    Aarthik

    २०७७ माघ १३ गते, मंगलवार २१:५३ मा प्रकाशित


काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले नेपाल क्लियरिङ्ग हाउससँग अन्तरबैंक विधुतिय भुक्तानी प्रणाली, कनेक्ट आइपिइस र कनेक्ट आरठिजिएस प्रणालीहरूका लागि एनसीएचएलसँग आवद्ध भएको छ । उक्त सम्झौता पत्रमा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र कर्णाली डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार रावतले हस्ताक्षर गरेका छन् ।

एनसिएचएल आइपिएस प्रणाली मार्फत बैंकले ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता अन्तरबैंक कारोबारहरु गर्न सक्छन् भने कनेक्ट आरटिजिए प्रणाली मार्फत ठूलो मुल्यका र तत्काल गरिने भुक्तानीहरू एनसीएचएलका सदस्य बैंक र वित्तीय संस्थाहरूमा गर्न सक्नेछन् । साथै बैंकका ग्राहकहरुले अब कनेक्ट आइपिएसको वेभ र मोबाइल एप प्रयोग गरी आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानी कारोबारहरु पनि गर्न सक्नेछन् । कर्णाली विकास बैंक लिमिटेड नेपालको मध्य र सुदूर पश्चिमाञ्चलको पहिलो विकास बैंक हो, जसले उक्त क्षेत्रमा बैंकिङ्ग पहुच बृद्घीमा उल्लेख्य भूमिका निर्वाह गर्दै अएको छ । एनसीएचएल सँगको सहकार्य पश्चात् उक्त क्षेत्रमा बैंकको डिजिटल बैंकिङ्ग विस्तारमा पनि विशेष पहल हुने विश्वास बैंकले गरेको जनाएको छ ।